ढिकुरपोखरीमा आयोजनाहुने फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

केशब पाठक
पोखरा, २० भदौ ।
कास्की अन्नपूर्ण गाँउपालिका ढिकुरपोखरीमा स्थानिय क्लब ढिकुरपोखरी युबा संजालले नेपाली महिलाहरुको पर्व तिज २०७५ को अवसरमा आयोजना गर्ने खुल्ला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।

यहि भदौ २३ गते देखि २८ गते सम्म आयोजना हुने उक्त फुटबल प्रतियोगितामा संगै छेलो हान्ने, रस्सा कस्सी र तिज गित लगाएतका प्रतियोगितात्मक कार्यक्रमहरु हुने कार्यक्रमका संयोजक बिकास गुरुङले बताएका छन ।

प्रतियोगिता आयोजना गर्नुको प्रमुख उद्धेश्य ढिकुर पोखरी खेल मैदानको स्त्तर उन्नती, प्यारापिट निर्माण, आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धन र फुटबल एकेडेमीको सञ्चालन गर्ने रहेको संयोजक गुरुङले बताए ।

समुद्र सतह देखि १ हजार ५ सय ५० मिटरमा अवस्थित ढिकुरपोखरी खेल मैदान सेमी हाई अल्टिच्युड् खेल मैदानका रुपमा बिकास गर्दै यस क्षेत्रको आन्तरिक तथा वाह्य पर्यटनको बिकासका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण रहने क्लबले जनाएको छ ।

प्रतियोगितामा फुटबल तर्फ प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ र दोश्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक ढिकुरपोखरी युबा संजालका अध्यक्ष शुसिल भट्टचनले जानकारी दिए । तिज गित तर्फ प्रथम २० हजार, द्वितियलाई १५ हजार र तृतियलाई १० हजार प्रदान गरिने छ ।

प्रतियोगितालाई एन्फा कास्की, वालस्टेनर वियर एण्ड रुस्लान म्युजिक लगाएत एक दर्जन संघ संस्थाले सहयोग गर्दैछन । स्थानिय माछापुच्छ्रे माविको हातामा हुने उक्त मेला सम्पन्न गर्न विकास गुरुङको संयोजकत्वमा १७ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ ।
तस्विरः सुर्दशन रन्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close