पोखरामा रजत पदक बिजेता प्याराग्लाइडिङ टिमलाई भब्य स्वागत सहित सम्मान (फोटो फिचर) 

केशब पाठक,
पोखरा १९ भदौ ।

१८ औं एसियाली खेलमा रजत पदक जित्ने प्याराग्लाइडिङ टिमलाई उनीहरुको गृहनगर पोखरामा भब्य स्वागत सहित सम्मान गरिएको छ ।

नेपाललाई २० वर्ष पछी टिम इभेन्टमा रजत पदक दिलाएका नेपाली प्याराग्लाइडिङ पाइलट विमल अधिकारी (टिम क्याप्टेन), बिशाल थापा, युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतम, महिला खेलाडी  प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ वमजन र सविता तामाङ प्रमुख प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम म्यानेजर शैलेन्द्र राउत पोखरा विमानस्थलमा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेवी पुन, पोखरा लेखनाथ महानगरपालिका प्रमुख मान बहादुर जिशी लगाएतले भब्य स्वागत गरेका थिए ।

मंगलबार बिहान ११ बजे पोखरा विमानस्थलमा आइपुगेको टिमलाई गाजाबाजा सहित पोखरा नगरपरिक्रमा गराइएको थियो । त्यस पछि पोखरा रंगशालामा आयोजित भब्य समारोहमा खेलाडीलाई पोखराका आधा दर्जन खेलकुद संघ संस्थाहरुहरुले सम्मान गरेका थिए ।

समारोहमा पश्चिमाञ्चल क्षेत्रिय र कास्की जिल्ला खेलकुद बिकास समिती, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लायडिङ संघ (नेफा),  नेपाल हवाई खेलकुद सस्था (ना), नेपाल टुर्स एण्ड ट्राभल्स एशोसियसन (टान),  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल खेलकुद पत्रकार मंच कास्की, नेपाल फिजिकल फिटनेश एशोसियसन लगाएतले सम्मान रजत पदक विजेता टिमलाई सम्मान गरेका थिए ।

सोही समारोहमा नेपाल भूतपूर्व खेलाडी मंच नेपालले बिजेता टिमलाई नगद ५० हजार प्रदान गरेको थियो मंचका अध्यक्ष तेज गुरुङले ५० हजारको चेक व्यवस्थापक शैलेन्द्र राउतलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा राखेपका पूर्व सदस्य राजेश गुरुङले खेलाडीलाई व्यक्तिगत १०/१० हजारका दरले ५० हजार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली प्याराग्लाइडिङ टोलीका टिम क्याप्टेन विमल अधिकारीले यो जित सबैलाई बाड्न चाहेको बताए । उनले इन्डोनेसियामा खराबम मौसमका बाबजुद पनि नेपाली टिमले यो जित हासिल गर्नु सुखद रहेको बताए ।

कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले पोखरा बाट सुरु भएको खेल प्याराग्लाइडिङले ठूलो उपलब्धि हासिल गर्दै देशको गौरब बढाउन अहम भुमिका खेलेको बताए । उनले सहासिक खेलको रुपमा रहेको प्याराग्लाइडिङलाई आझै व्यवस्थित बनाएर अगाडी बढाउनु पर्ने कुरा औंल्याउँदै भने– “यो रजत पदक जित्न अहम भुमिका खेल्ने नेफाका कोषाध्यक्ष स्वर्गिय मधुकर सुबेदी गरेको महत्वपूर्ण कार्यका लागि हामी सबैले उनलाई सम्झनु पर्छ ।”

यूवा तथा खेलकुद मन्त्रि विश्कर्माले खेलकुदका माध्यम बाटनै देशको आर्थिक समृद्धी हुन्छ भन्ने कुरा सबैमा जग जाहेर भएको बताउँदै खेलाडीको न्यूनतम सुविधा बढाउने बाताबरण र पूर्वाधार बिकासका लागि सरकार दृढ संकल्पित रहेको समेत जनाए ।

कार्यक्रममा  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले अब पोखरा चिनाउन यहाँको प्राकृतिक सुन्दरताले मात्रै होइन यहाँका प्याराग्लाइडिङका खेलाडी नै काफी रहेको चर्चा गर्दै यहि नोभेम्बर २०१८ मा अयोजना हुने विश्व प्याराग्लाइडिङ च्याम्पियनसिपका लागि पनि नेपालले पदक प्राप्त गर्नका लागि ठूलो हौसला मिलेको बताए । उनले पोखरालाई स्र्पोट्स सिटीका रुपमा छिट्टै घोषणा गर्न परिषदले सोही अनुसारको कार्यक्रमहरु तय गरेको समेत बताए ।

उक्त कार्यक्रममा कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले समेत बोलेका थिए भने कार्यक्रम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close