लामा अमृत फाउण्डेशन द्वारा आयोजित पुरुष भलिबलको उपाधी एपिएफलाई

पोखरा, १९ भदौ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरेको क्लब स्तरिय पुरुष भलिबलको उपाधी एपिएफ मालेपाटनले जितेको छ ।

मंगलबार नदिपुर स्थित छन्त्याल समाजको खेल मैदानमा सम्पन्न फाईनल खेलमा बाग्लुङ क्लबलाई २५–१७, २५–१९, २०–२५, २१–२५ र बेस्ट अफ फाईभ १५–१२ को अंकले पछि पार्दै एपिएफ मालेपाटनले उपाधी जितेको हो । उपाधी सँगै एपिएफले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त ग¥यो भने उपबिजेता टिम बाग्लुङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजारमा चित्त बुझायो ।

त्यसैगरी महिला तर्फएसियन सुज ईन्डष्ट्रि लामाचौरलाई २०–२५, २३–२५, २५–१०, २५–७र बेस्ट अफ फाईभ १५–९ को अंकले पराजित गर्दै टप्स माबि टिम “ए” बिजयी बन्यो । टप्स माबिले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २२ हजार २ सय २२ हात पा¥यो भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु. १५ हजार ५ सय ५५ प्राप्त ग¥यो ।

पुरुष भेट्रान्स तर्फको फाईनल खेलमा डाँफे क्लब घान्द्रुक क्लबलाई २५–१८, २८–२६, २५–१९ को साझो सेटले पराजित गर्दै रामबजार क्लबले उपाधी हात पा¥यो । रामबजार भेट्रान्सले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार प्राप्त ग¥यो भने उपबिजेता घान्द्रुकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजारमा चित्त बुझायो ।

प्रतियोगिता मापुरुष तर्फ सर्बाेत्कृष्ट खेलाडीको रुपमा एपिएफका बिजय थापा घोषित भए । त्यस्तै उत्कृष्ट ब्लकरका रुपमा बाग्लुङ क्लबका सन्तोष बस्नेत, उत्कृष्ट स्पाईकर सोही क्लबकै बिष्णु क्षेत्री त्यसैगरी महिला तर्फ सर्बाेत्कृष्ट खेलाडी एसियन सुज ईन्डष्ट्रि लामाचौरका लुकु पुन, तथा उत्कृष्ट स्पाईकरका रुपमा टप्स माबिका पबित्रा बिसी घोषित भएका थिए भने भेट्रान्स तर्फ रामबजार भेट्रान्सका कुमार गुरुङ सर्बाेत्कृष्ट खेलाडी बन्न सफल भए सँगै प्रत्येकले एक÷एक थान जुत्ता प्राप्त गरे ।

प्रतियोगिताको पुरुष, महिला तथा भेट्रान्स तर्फको बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथि अन्नपूर्ण गाँउपालिकाका प्रमुख युवराज कुँवर, राष्ट्रिय भलिबल टिमका क्पाप्टेन मान बहादुर श्रेष्ठ, प्रथम पुरस्कार प्रायोजक सुबेदार नर बहादुर गुरुङ, फउण्डेशनका अध्यक्ष अमृत गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close