आधी आवाधी महिला लिगको ट्रफी सार्बजनिक ,चितवन टाईगरमा अमेरिकन खेलाडी आवद्ध

काठमाडौं, १८ भदौ
नेपाल भलिबल संघ (एनभीए) आधीअवाधी फाउन्डेसनको संयुक्त आयोजनामा संचालन हुने ‘आधीअवाधी महिला भलिबल लिग’ भलिबल प्रतियोगिताको सोमबार ट्रफी सार्वजनिक गरिएको छ ।

असोज १३ गतेदेखि १७ गतेसम्म हुने लिगमा तीन विभागीय क्लब पुलिस, एपीएफर आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमन्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी ६ टोली मध्ये चार टोलीका गुडविल एम्बेसडर, संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र आधीअवाधी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेशकुमार सिंहले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए ।

लिगमा ६ वटै टोलीको गुडविल एम्बेसडर भारतीय कालाकार रहेका छन् । प्रतियोगितालाई थप रोचक बनाउन हरेक टोलीमा गुडविल एम्बेसडर राखिएको संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए । चार टोलीका एम्बेसड पुजा गौर (चितवन टाइगर्स), सोनिया शर्मा (आर्मी), रिसिका सिंह (एपीएफ) र ऋतु दुधानी (न्यू डायमन्ड) मात्र उपस्थित थिए ।

लभिना टण्डन (पुलिस) र प्राची तेहलन (पोखरा) हाल फिल्म छायाङकनका लागि भारत बाहिर रहेको आयोजकले जनाएको छ । आर्मी,चितवन टाईगर र न्यु डायमण्ड एक समूहमा छन् भने एपीएफ,पुलिस र पोखरा पिन्केज अर्को समूहमा रहेका छन् ।

चितवन टाईगरमा भने अमेरिकन खेलाडी आउने पक्का भएको आधीअवाधी फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङले जानकारी गराए । गुरुङका अनुसार ओपन स्पाईकर र सेन्टर ब्लकका रुपमा भित्याईएका खेलाडीमा सेल्बी डाल्टन,ज्याकलीन ब्रिक्स र टिज निकोल रुन ट्रि रहेका छन् ।

प्रत्येक टोलीले ४ बिदेशी खेलाडी राख्न पाए पनि कोर्ट भित्र भने ३ खेलाडी मात्र उत्रान पाउने भलिबल संघले नियम बनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पाँच दिने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उपबिजेता ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार पुरस्कार पाउनेछ ।

यसअघि काठमाडौँ क्विन्स रहने बताएपनि त्यसको स्थानमा न्यू डायमन्डलाई मौका दिईको नेपाल भलिबल संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close