
पोखरा, १८ भदौ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुष भेट्रान्स तर्फको उपाधी रामबजार क्लब र महिला तर्फ टप्स माबि टिम “ए” ले चुमेको छ ।
सोमबार नदिपुर स्थित छन्त्याल समाजको खेल मैदानमा सम्पन्न पुरुष भेट्रान्स तर्फको फाईनल खेलमा डाँफे क्लब घान्द्रुक क्लबलाई २५–१८, २८–२६, २५–१९ को साझो सेटले पराजित गर्दै रामबजार क्लबले उपाधी जितेको हो ।
त्यस्तै महिलातर्फ टप्स माबि टिम “ए” र एसियन सुज ईन्डष्ट्रि बिच बेस्ट अफ फाईभको आधारमा भएको फाईनल खेल २५–२०, २५–२३, र २५–१०, २५–७ अंक सहित दुई–दुईको बराबरी सेट भएपछि फाईनल सेट १५–९ ले टप्स माबि टिम “ए” ले जिते सँगै उपाधी हात पारेको हो ।
भेट्रान्स तर्फ र महिला तर्फको बिजेता तथा उपबिजेता टिमलाई मंगलबार पुरुष भलिबलको फाईनल भए सँगै पुरस्कार प्रदान गरिने फउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।
सशस्त्र प्रहरी बल मालेपाटन र बाग्लुङ क्बल बिच भएको फाईनल खेल समय अभाबका कारण मंगलबार खेलाईने उनले जानकारी दिए ।
पुरुषतर्फ भएको फाईनल खेलमा शशस्त्र प्रहरी बल र बाग्लुङ क्लबले दुई–दुई सेट जितेको थियो भने फाईनल सेट ६–६ भएर समय अभाबका कारण स्थगित भएको आयोजकले जनाएको छ ।