
पोखरा, १८ भदौ ।
खेलकुदमा निर्माण हुने पूर्वाधारहरु भविष्यका लागि शुनिश्चित गर्दै निर्माण हुनु पर्छ भन्ने आवाज लामो समय देखि उठ्दै आएको छ । नेपालमा पूर्वाधार बन्न त परै जाओस भएका पनि संरक्षणका अभावले ध्वस्त भएका छन । केही मानविय त केही प्राकृतिक कारणले ।
पोखरा रंगशाला भित्र हालै सम्पन्न भएको ह्याण्डबल एकेडेमी करिब ९८ लाखमा निर्माण सम्पन्न गरिएको हो । खेल मैदान सहित दुई वटा खेलाडी चेन्जिङ रुम, कार्यालय/कक्षा कोठा र सार्वजनिक शौचालय सहित राष्ट्रिय खेलकुद परिषदले निर्माण सम्पन्न गरेको हो । नेपालमा बनेको यो दोश्रो ह्याण्डबल एकेडमी हो । पहिलो ह्याडबल एकेडेमी उदयपुरमा अवस्थित छ ।
निर्माण सम्पन्न भएको खेलाडी चेन्जिङ रुममा शौचालय सहित बनाइएको छ । जहाँ खेलाडीलाई आराम गर्न पाउनेछन । यसै गरि कक्षा/कार्यालय कोठा पनि सुविधा सम्पन्न छ । मैदानलाइृ चारै तिर बाट तार जालीले घेरिएको छ भने दुइ लाइनको प्यारापिट रहेको छ । मैदान भित्र करिब १ हजार दर्शक अटाउन सक्छन । नव निर्मित मैदान बाट माछापुच्छ«े र अन्नपुर्ण हिम श्रृँखला प्रष्टै अवलोकन गर्न सकिन्छ ।