प्याराग्लाइडिङ टिमलाई सोमबार काठमाडौंमा मंगलबार पोखरामा भब्य स्वागतको तयारी

केशब पाठक,
पोखरा, १८ भदौ ।
एण्डोनेसियामा सम्पन्न १८ औं एसियन खेलकुदमा २० वर्ष पछि रजत पदक जित्दै आइतबार स्वदेश स्वदेश फर्किएको नेपाली प्याराग्लाइडिङ टिमलाई सोमबार राजधानी काठमाडौमा नागरिक अभिनन्दन सहित सम्मान गरिने भएको छ ।

प्याराग्लाइडिङ टिमलाई सोमबार दिउसो राष्ट्रिय खेलकुद परिषद बाट बाजागाजा सहित नगरपरिक्रमा गरि राष्ट्रिय सभागृह पु¥याइने कार्यक्रम रहेको छ । त्यहाँ आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्रि केपी शर्मा ओलीले अभिनन्दन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

सोही समारोहमा रजत पदक जित्ने नेपाली खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरुस्कार समेत प्रदान गरिनेछ । परिषदका सदस्य सचिब केशब विष्टका अनुसार प्रत्येक खेलाडीलाई ५ लाख, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई १ लाख ५० हजार र संघलाई ५ लाख प्रदान गरिने छ ।

मंगलबार पोखरामा भब्य स्वागतको तयारी
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समिती कास्कीले मंगलबार पोखरामा भव्य स्वागतको तयारी सुरु गरेको छ । क्षेत्रिय खेलकुदका काबा अध्यक्ष सम्पन्न श्रेष्ठका अनुसार मंगलबार ११ः३० मा बुद्ध इएर बाट पोखरा विमानस्थलमा आउने टिमलाई त्यहीं बाट नगरपरिक्रमा सहित पोखरा रंगशाला पु¥याएने कार्यक्रम रहेको छ ।

पोखरामा हुने नगर परिक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलाडी, पर्यटन ब्यबसायी, उद्योगी, विभिन्न खेलकुद संघका पदाधिकारी, कर्मचारी, स्थानिय निकायका प्रतिनिधी, पत्रकार र खेलप्रेमी पोखरेलीहरुको सहभागिता रहने कार्यक्रम रहेकोछ ।

पोखरा रंगशालामा नवनिर्मित वहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने कार्यक्रममा टिमलाई सम्मानपत्र द्वारा सम्मान गरिनेछ । कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, राखेपका सदस्य सचिब केशब कुमार विष्ट लगाएत प्रदेश सरकारका मन्त्रिहरु समेत उपस्थिती रहने कार्यक्रम रहेको छ ।

मन्त्रि विश्वकर्माले गरे स्वागत
आइतबार राति ९ बजे त्रिभुबन विमानस्थलमा ओर्लिएको नेपाली प्याराग्लाइडिङ टिमलाई यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, राखेपका सदस्य सचिब केशब कुमार विष्ट लगाएतले भव्य स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close