भलिबल प्रतियोगिताको फाईनल सोमबार, रामबजार र घान्द्रुक भिड्ने

पोखरा १७ भदौ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा जारी भलिबल प्रतियोगिताको पुरुष भेट्रान्स तर्फको उपाधीका लागी सोमबार रामबजार क्लब र डाँफे क्लब घान्द्रुक भिड्ने भएका छन ।

पाखराको नदिुपर स्थित छन्त्याल समाजको खेल मैदानमा आईतबार सम्पन्न पुरुष भेट्रान्स तर्फको पहिलो सेमिफाईनल खेलमा तनहुँ क्लबलाई २५–१०, २५–१५ र २५–२२ को सेटले हराउदै रामबजार क्लबले फाईनलको यात्रा तय गरेको हो ।
दोस्रो सेमिफाईनल खेलमा लामाचौर क्लबलाई २५–१९, २५–१२ र २५–८ को सेटले पराजितगर्दै डाँफे क्लब घान्द्रुकले फाईनलमा रामबजार सँगको भेट पक्का ग¥यो ।

त्यसैगरि महिलातर्फ भएको पहिलो सेमिफाईनल खेलमा टप्स माबि टिम ‘ए’ ले २५–१३, २५–९ र २५–२१ को सेटले टिजि गर्लस् दुलेगौडालाई पाखा लगायो ।

खराब मौसमका कारण महिलातर्फको दोस्रो सेमिफाईनल खेल र पुरुष तर्फको दुबै सेमिफाईनल खेल आईतबार सञ्चालन हुुन नसकेको बताउदै सम्पुर्ण सेमिफाईनलका खेलहरु सहित फाईनल खेलहरु सोमबार खेलाईने फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

उनका अनुसार महिला तर्फको सेमिफाईनलमा टप्स माबि टिम ‘बि’ र एसियन सु ईन्डष्ट्रि लामाचौर प्रबेश गरेको छ भने पुरुषतर्फ हिमालय क्लब बाटुलेचौर, शान्ति भलिबल प्रशिक्षण केन्द्र भकुण्डे, एपिएफ टोलीमालेपाटन र बाग्लुङ क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close