इतिहास रच्ने नेपाली प्याराग्लाइडिङ टिम आइतबार स्वदेश फिर्ता हुँदै

पोखरा, १७ भदौ ।
१८ औं एसियाडमा २० वर्ष पछि इतिहास रच्दै रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ टिम आइतबार स्वदेश फर्किदै छ ।

आइतबार राती ९ बजे त्रिभुबन विमानस्थल काठमाडौ आइपुग्ने कार्यक्रम रहेको इन्डोनेसिया बाट नेपाल ओलोम्पिक कमिटीका अफिसियल निरज श्रेष्ठले बताएका छन । श्रेष्ठका अनुसार मलेसिया हुँदै आउने टोली ६ घन्टा मलेसियमा ट्रान्जिट रहेको छ ।

टोलीलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधीसभा सांसद जिवनराम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्ट लगाएत नेपाल सरकारका उच्च ओहदाका व्यक्तित्व, नेफाका पदाधिकारी एवम खेलप्रेमीहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लायडिङ संघ (नेफा)ले रजत पदक प्राप्त गरी देशको शीर उच्चो राख्न सफल नेपाली टिमलाई भदौ १७ गते स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउन सबै पर्यटन व्यवसायी लगाएत खेलप्रेमीहरुलाई आग्रह गरेको छ ।

भदौ १८ गते दिउसो १ बजे राष्ट्रिय सभागृहमा राखेपले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रि केपी शर्मा ओलीले अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । १८ गते नै इतिहास रच्ने प्याराग्लाइडिङ टिमलाई नगर परिक्रममा कार्यक्रम रहेको र सबैलाई उपस्थितहुन नेफाले  अनुरोध गरेको छ ।

नेपाली प्याराग्लाइडिङ पाइलट बिशाल थापा, विमल अधिकारी युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतमले टिम इभेन्टमा पहिलो पटक रजत पदक दिलाएका थिए । टिम गेममा नेपालका लागि यो नै पहिलो र २० वर्ष पछिको रजत पदक हो । नेपाली प्याराग्लाइडिङको प्रशिक्षकमा योगश भट्टराई, प्रशिक्षक सानुबाबु सुनुवार र टिम म्यानेजरमा शैलेन्द्र राउत रहेका छन ।

नेपाली प्याराग्लाइडिङ टिम भदौ १९ गते हवाई जहाज बाट पोखरा आउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close