
पोखरा १६ भदौ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा जारी भलिबल प्रतियोगिताको अन्तिम चारमा हिमालय क्लब बाटुलेचौर, शान्ति भलिबल प्रशिक्षण केन्द्र वालिङ, एपिएफ टोली मालेपाटनर बाग्लुङ क्लब प्रबेश गरेको छ ।
नदिुपर स्थित छन्त्याल समाजको खेल मैदानमा सम्पन्न क्वाटर फाईनलको पहिलो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्दलाई २५–२१, र २६–२४ को सोझो सेटले हराउदै हिमालय क्लब बाटेलेचौर प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको हो । दोस्रो खेलमा अर्चलबोट क्लबलाई २५–१३, २५–२० को सोझो सेटले पराजित गर्दै शान्ति भलिबल प्रशिक्षण केन्द्र वालिङले सेमिफाइनलमा बाग्लुङ सँगको भेट पक्का ग¥यो ।
त्यसैगरि क्वाटर फाईनलको तेस्रो खेलमा कास्की भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३, र २५–१७ को सेटले हराउदै एपिएफ टोली मालेपाटनले अन्तिम चारमा स्थान बनायो । क्वाटर फाईनलको अन्तिम खेलमा आयोजक क्लबलाई २६–२४, २५–१४ र २५–१५ को सेटले बाग्लुङ क्लबले पराजित ग¥यो । आगामी सोमबार हुने सेमिफाईनल खेलमा बाग्लुङ क्लबले हिमालय क्लब बाटुलेचौर सँग प्रतिस्पर्धा गर्नेछ ।
पुरुषतर्फको क्वाटर फाईनल सम्पन्न भएसँगै महिला भलिबल तर्फको पहिलो चरणको पहिलो खेलमा सेन्चुरी क्लब घान्द्रुकलाई २५–३ र २५–१३ को सोझो सेटले टप्स उच्च माबि टिम “ए”ले पाखा लगाउदै पहिलो जित आफ्नो पोल्टामा पल्टायो । त्यसैगरी शनिबार सम्पन्न अन्तिम खेलमा जनप्रिय उच्चमाबिलाई २५–१७ र २५–५ को सेटले हराउदै टप्स उच्चमाबि टिम “बि” अघिल्लो चरणमा प्रबेश गरेको फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।
उनका अनुसार प्रतियोगितामा पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ३० हजार प्राप्त गर्नेछ ।
त्यसैगरी महिलातर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्तगर्नेछ ।
आईतबार महिला तथा पुरुष भेट्रान्स भलिबल प्रतियोगिताको पहिलो चरणका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।