
पोखरा, १५ भदौ ।
राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सबको अवसरमा कास्की जिल्ला खेलकुद कर्मचारी संघ द्वारा आयोजित पोखरामा गण्डकी प्रदेश स्तरीय अन्तर सरकारी कार्यालय संस्थान/कर्मचारी व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुष डबल्स तर्फ शिक्षा बिकास समन्वय कार्यालय नवलपुरका दिपेन्द्र ढकाल र महेश्वर नेपालको जोडीले प्रथम स्थान हासिल गरेको छ । फाइनल खेलमा पोखरा महानगरको जोडी छबिलाल शर्मा र नेत्र तिमिल्सिनाको जोडी दोश्रो भयो ।
यसैगरि गण्डकी प्रदेश उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका नारायण बहादुर थापा र कृष्ण बहादुर भण्डारी तथा शसस्त्र प्रहरी गणका विर वहादुर कुलामी र प्रल्हाद बोहोराको जोडी तेश्रो भएको छ ।
यसै गरि महिला एकल तर्फ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीकी माया गुरुङ प्रथम, विद्युत प्राधिकरणकी यम कुमारी गुरुङ द्वितिय, जिल्ला प्रशासन कार्यालय कास्कीकी तेज कुमारी गुरुङ घले तथा प्रदेश सभा सचिवालयकी शारदा बराल वाग्ले तेश्रो भइन ।
पुरुष एकल तर्फ सिंचाइ कार्यालय पोखराका रेशम आले मगर प्रथम, शिक्षा विकास नवलपुरका महेश्वर नेपाल द्वितिय, जिल्ला प्रशासन कार्यलय कास्कीका केशर बहादुर राय मल्ल तथा सोही कार्यालयका शुसिल घिमिरे तृतिय भए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका तालिम विभाग उपनिर्देशक तथा भलिवल प्रशिक्षक बलराम क्षेत्रीलाई वर्ष उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले परिषदको ५५ औं वार्षिकोत्सवको केक काटेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सांसद द्वय मोहन रेग्मी र दिपक कोइरालाले प्रदेश सरकारले खेलकुदको बिकासका लागि प्रतिवद्ध रहेको जनाए ।
विजेता टिम तथा खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद कार्यलय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुदका अध्यक्ष याम गुरुङ, जिल्ला खेलकुदका कोषाध्यक्ष दिपक बहादुर गोदार, जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद कार्यलयका डिवी नेपाली लगाएतले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए
कार्यक्रम कास्की जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष अरुण दत्तको अध्यक्षतामा भएको थियो । परिषदको ५५ औं वािर्षकोत्सव मनाउन सरसफाई, रक्तदान, दिपावली लगाएतका कार्यक्रमहरु गरिएको थियो ।