नदिपुरमा भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा पोखरा प्रशिक्षण केन्द्र बिजयी

पोखरा, १५ भदौ ।
“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद”भन्ने नारा सहित लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको छ ।

गण्डकी प्रदेशका सांसद बिन्दु कुमार थापाले उद्घाटन गरेको पुरुष तर्फको खेलमा डाँफे युवा क्लब मेलाचीलाई सोझो सेटमा २५–१६ र २५–१६ ले पराजित गर्दै पोखरा भलिबल प्रशिक्षण केन्द्र नदिपुर अघिल्लो चरणमा प्रबेश गरेको हो ।

प्रतियोगिताको दोस्रो खेलमा सेन्चुरी क्लब छोम्रोङलाई २५–२२, र २५–१८ को सेटमा हिमालय क्लब बाटुलेचौरले पराजित ग¥यो ।

तेस्रो खेलमा स्याङ्जा क्लबको अनुपस्थितीमा अर्चलबोट क्लबले वाकओभर मार्फत दोस्रो चरणको लागी स्थान बनायो ।
त्यसैगरी चौथो खेलमा बाग्लुङ क्लबले २५–२० र २५–२१ को सोझो सेटमा सिद्धि बक्स गण फुलबारीलाई पाखा लागाउदै अघिल्लो चरणमा प्रबेश ग¥यो ।

उद्घाटन समारोहमा बोल्दैगण्डकी प्रदेशका सांसद बिन्दु कुमार थापाले जुनै सुकै खेलकुदले खेलाडी बिचको आपसि भाईचाराको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पु¥याउने बताए ।

सामाजिक सेवाका लागी स्थापित लामा अमृत फाउण्डेशनले भलिबल प्रतियोगिताको आयोजना गरेर खेलकुद क्षेत्रको बिकासमा समेत महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै सांसद थापाले अन्य फाउण्डेशनले समेत अनुकरण गर्नुपर्ने बताए ।
“गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र बनाउनका लागी योजनाबद्ध तरिकाले अगाडी बढिरहेका छौ, उनले भने–“यस प्रकारको प्रतियोगिताले हाम्रो लक्ष्य प्राप्तिका लागी थप सहयोग पुग्नेछ ।”

प्रतियोगितामा पुरुषतर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ३० हजार प्राप्त गर्ने फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

अध्यक्ष लामाका अनुसार महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close