बुल्समेन सारिरिक सुगठन प्रतियोगिताको प्रि जजिङ्ग सम्पन्न, शनिबार फाइनल

पोखरा, १५ भदौ ।
पोखराको खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल बुल्समेन क्लबले पोखरामा आयोजना गरेको “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रियशारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५”अन्र्तगत शुक्रबार प्रि जजिङ्ग राउण्ड सम्पन्न गरेको छ ।

प्रतियोगितामा करिब २० जिल्लाका ८० जना पुरुष र महिला तर्फ करिब १३ जना खेलाडीको सहभागिता रहेको छ । जस मध्ये पुरुष तर्फ हरेक तौल क्याटोगरीमा ४२ जना खेलाडी फाइनलका लागि छनौट गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दा माथीको तौल क्याटोगरिमा प्रतिष्पर्धा भइरहेको छ । यसै गरि महिला फिटनेश तर्फ भने शरिरको उचाइ अनुसार सोझै फाइनल राउण्डमा सा प्रतिष्पर्धा गराइने छ ।

प्रतियोगितामा प्रत्येक तौल क्याटोगरीमा पुरुषतर्फ प्रथम, द्वितिय र तृतियलाई नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने टाइटल बिजेत मिष्टर बुल्समेनलाई नगद ३ लाख प्रदान गरिने छ । यसै गरि महिलातर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमश नगद ४० हजार १ सय ११, ३० हजार १ सय ११ र २० हजार १ सय ११ का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्नगर्न करिव ४० लाख खर्च लाग्ने जानकारी क्लबका अध्यक्ष नुना गुरुङले जानकारी दिएका छन । प्रतियोगिताबाट बचत भएको रकमले पोखरा रंगशालामा शारिरिक सुगठन खेलमा यूवाहरुलाई आर्क्षित गराउन एक आधुनिक व्यायमशाला निर्माण गरिने उनले बताएका छन ।

प्रतियोगिता पोखरा रंगशाला स्थित नवनिर्मित बहुउद्धेश्यिय कभर्ड हलमा भइरहेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार दिउसो १ बजे बाट सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close