
केशब पाठक,
पोखरा १५ भदौ ।
नेपाली खेलकुद इतिहासमा २० वर्ष पछि रजत पदक ल्याएर राष्ट्रको गरिमा बढाउने रजत पदक बिजेता प्याराग्लाइडिङ टिम शुक्रबार खेल स्थल इन्डोनेसियाको कुनचाक बाट राजधानी आइपुगेको छ ।
उनीहरु राजधानी बाट करिब २ सय किलोमिटरको यात्रामा त्यहाँको शुरक्षा दस्ताले कडा शुरक्षा सहित एसियन गेम्स भिलेज जार्काता ल्याइपु¥याएको हो । राजधानी जर्काता स्थित १८ औं एसियन गेम्स भिलेजमा उनीहरुलाई बस्नका लागि सम्पूर्ण सुबिधा मिलाइएको कार्यबाहक सेभ दि मिसन रिम रानाभाटले पोखरा स्र्पोट्स डटकम लाई बताए ।
कार्यबाहक सेभ दि मिसन रिम रानाभाटले जनाए अनुसार आज इतिहास रच्ने नेपाली प्याराग्लाइडिङ टोलीलाई एसियन गेम्स भिलेजमा भब्य सम्मान समेत गरिने कार्यक्रम रहेको बताए । उनले भने–“हामी उहाँहरुलाई भव्य स्वागत तथा सम्मान गर्छौ ।”
एसियन प्याराग्लाइडिङ नेपाली टिम भदौ १७ गते स्वदेश फर्कने र भदौ १८ गते राजधानी काठमाडौमा नागरिक अभिनन्दान गरिनेछ । भदौ १९ गते हवाई जहाज बाट पोखरा आउने कार्यक्रम रहेको टोलीलाई यो समाचार तयार पार्दा समेत प्रदेश सरकार, महानगरपालिका लगाएत कुनै निकायले पनि सम्मानको कार्यक्रम तय गरिसकेका छैनन । तर पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले भने सम्मान गर्ने भन्ने घोषणा गरेको छ ।
नेपाली प्याराग्लाइडिङ पाइलट बिशाल थापा, विमल अधिकारी युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतमले टिम इभेन्टमा पहिलो पटक रजत पदक दिलाएका थिए । टिम गेममा नेपालका लागि यो नै पहिलो र २० वर्ष पछिको रजत पदक हो । नेपाली प्याराग्लाइडिङको प्रशिक्षकमा योगश भट्टराई, प्रशिक्षक सानुबाबु सुनुवार र टिम म्यानेजरमा शैलेन्द्र राउत रहेका छन ।
Posted by Sailen Rawat on Thursday, August 30, 2018