
केशब पाठक
पोखरा, १४ भदौ ।
इन्डोनेसियामा जारी १८ औं एसियाडमा नेपालका लागि २० वर्ष पछि इतिहास रच्दै रजत पदक बिजेता नेपाली प्याराग्लाइडिङ टोली यहि भदौ १७ गते स्वदेश फर्कने भएको छ ।
नेपाली प्याराग्लाइडिङ टोलीलाई नेपाल सरकारका खेलकुद मन्त्रि जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टलगाएत राज्यका अन्य निकायका प्रमुख हरुले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिने भएको राखेप सदस्य सचिब केशब कुमार विष्टले जानकारी दिएका छन ।
राखेप सदस्य सचिब विष्टले देशको गरिमा उचो बनाउने प्याराग्लाइडिङ टोलीलाई सम्मान गर्न कुनै कसर बाँकी नराखिने बताउँदै भने –“हामी उहाँहरुलाई पूर्ण सम्मानका साथ भदौ १८ गते नगरपरिक्रमा गराउने र परिषदको परिसरमा भब्य समारोहका विच सम्मान गर्नेछौ ।” सदस्य सचिब विष्टले रजत बिजेता टोलीलाई पाँचै बिकास क्षेत्रमा सम्मान गर्ने कार्यक्रम समेत तय भएको समेत बताए ।
१८ औं एसियाडमा रजत पदक खेलाडीले पहिलो चरणमा परिषदको नियम बमोजिम प्रत्येक खेलाडीलाई ५ लाख, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई १ लाख ५० हजार र संघलाई ५ लाख प्रदान गरिने सदस्य सचिब विष्टले जानकारी दिए । यो सम्मान पहिलो चरणको कार्यक्रम भएको र खेलाडीहरुलाई थप सुविधाका लागि सरकारलाई आग्रह समेत गरिने उनले बताए ।
नेपाली प्याराग्लाइडिङ टोली भदौ १९ हवाइ जहाज बाट गते पोखरा आउने कार्यक्रम समेत तय भएको छ ।