१८ औं एसियाडः प्याराग्लाइडिङ खेल बाहेक सबैमा खाली हात

पोखरा, १४ भदौ ।
इन्डोनेयिामा जारी १८ औं एसियाडमा नेपालले प्याराग्लाइडिङ खेलमा रजत पदक जित्नु बाहेक सबै खेलमा निरास हुँदै घर फर्किने करिब तय भइसकेको छ । पोखरामा फस्टाएको शाहसिक खेल प्याराग्लाइडिङले २० बर्षको इतिहास तोड्दै रजत पदक हात पारेको हो ।

नेपालले विशेष गरि पदकको आश गरेको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलहरुमा पदक विहिन हुन पुगे पछि शुन्यको स्थितीमा घर फर्कने तयारी गरिरहेकै बेला प्याराग्लाइडिङले खडेरी मेटाएको हो । अब यस बारे पक्कै पनि नेपाली खेलकुदमा नयाँ बहसको सुरुवात भएको छ कस्ता खेलमा सहभागी हुने वा नहुने भन्ने बारे ।

यहि स्थिती बाट गुज्रिरहैकै बेला सेभ दि मिसनको कार्यभार समेत सम्हालेका राखेप सदस्य सचिब विष्ट खेल नसकिंदै स्वदेश फर्किएका छन । जर्कार्ता जाने बेल जती गउनले फ चुटेका थिए विष्टले ति सबै स्वाहा भए । आत्तिदैं स्वदेश फर्केका उनले सेभ दि मिसनको जिम्मेवारी समेत रिम रानाभाटलाई दिएका छन ।

जुडोमा तीनै खेलाडी पराजित
इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत जुडोको दोश्रो दिन बिहीबार पनि नेपाली खेलाडी भएका छन् ।जेसीसी प्लेनरी हलमा भएको महिलाको ५७ केजीमुनि भियतनामकी नुयेनले नेपालकी मनिता श्रेष्ठ प्रधान तथा ६३ केजीमुनि आयोजक इन्डोनसियाकी युली अदे्रल्ला फ्राडिभ्ताले नेपालकी फुपुल्हामु खत्रीलाई पराजित गरे । पुरुष ७३ केजीमुनि साउदी अरबका फहाद सुलैमान हमादले नेपालका सन्जित डंगोललाई हराए ।

शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठ तथा महिला ७८ केजीमुनि पुनम श्रेष्ठले खेल्नेछन् ।

टेबलटेनिस : नविताको मिश्रित प्रदर्शन
जेआईई एक्सपो हल बीमा भइरहेको टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठले मिश्रित प्रदर्शन गरेकी छन् । पहिलो चरणमा नविताले मकाउकी फेइ सुट तमलाई ११–८, ८–११, ३–११, ११–८, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरिन् । अर्कोमा नविताले हङकङकी केम होइ डुलाई ११–५, ११–१, ११–६ र ११–७ ले नतिजा सुम्पिइन् ।

महिला सिंगल्समै मंगोलियाकी दोलीजिन्जु बत्बयरले नेपालकी स्वेच्छा नेम्वाङलाई ११–९, १३–११, ११–६ र ११–६ को सोझो सेटमा हराइन् ।

पुरुष सिंगल्समा मंगोलियाका इर्डेनबयर चिन्बाटले नेपालका अमरलाल मल्ललाई ११–८, ९–११, ६–११, ११–८, ८–११, ११–२ र ११–५ तथा मकाउका छेन चि छियोङले नेपालका श्यान्टु श्रेष्ठलाई १२–१०, ११–८, ११–९, ७–११, ५–११ र ११–८ को सेटमा पन्छाए । बिहीबारको खेलसंगै टेबलटेनिसमा नेपालको चुनौती समाप्त भएको छ ।

सेपाकताक्रो : पाकिस्तान पराजित 
सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपालले पाकिस्तानलाई २–० को सोझो सेटमा पराजित गरेको छ । नेपाल २१–१६ र २१–८ ले विजयी भयो । इरानसंग भने नेपाल २–० ले पछि प¥यो । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रुपेश सुनार र सन्जित धिमालले प्रतिस्पर्धा गरेका थिए ।

भलिबल :श्रीलंकासंग पराजित
पुरुष भलिबलमा नेपाल श्रीलंकासंग ३–१ ले पराजित भएको छ । १३ औं देखि १६ औं वरियाता निर्धारण गर्न भएको खेलमा श्रीलंकाले नेपाललाई २३–२५, २५–१६, २६–२४ र २५–२१ को सोझो सेटमा हरायो । अब नेपालले १४÷१५ स्थानका लागि भियतनाम र किर्गिस्तानबीचको विजेतासंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

एथलेटिक्स ः सरस्वती १४ औं

नेपालकी सरस्वती चौधरीले महिला १ हजार ५ सय मिटर दौडमा १४ औं स्थान हासिल गरेकी छन् । सरस्वतीले निर्धारित दूरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close