
केशब पाठक,
पोखरा, १३ भदौ ।
पोखरामा आज भन्दा २० वर्ष अघि एक जना पर्यटन व्यवसायी विरु वमजनले भित्राएको प्याराग्लाइडिङ खेलले १८ औं एशियाडमा रजत पदक जित्छ भन्ने आंकलन त्यो बेला सायद कसैले गरेका थिएनन होला । बमजनले मलजल गरेको शाहसिक खेल प्याराग्लाइडिङ पोखरामा व्यवसायिक मात्रै नभई राष्ट्रको गरिमा बढाउने मुख्य आधाार भएको छ ।
१८ औं एशियाडमा करिब करिब खालि हात फर्कनै लागेको नेपालका लागि क्रस कन्ट्रि तर्फको पुरुष टिम इभेन्टमा रजत पदक ल्याएर नेपालको इज्जत धानेको छ । ६० भन्दा बढी प्याराग्लाइडिङका व्यवसायिक कम्पनी र यसमा कार्यरत करिब ३ सय जना पाइलट अनि कम्पनीमा कार्यरत हजारौंले यसमा प्रत्यक्ष रोजगार पाएका छन । तर यहि प्याराग्लाइडिङ राज्यको आँखामा परेन न त यसले भने जतीनै बिकास गर्न सक्यो । तर अब एशियाडमा पदक प्राप्ती पछि राज्यको आँखा उघे्रको भान सबैलाई भएको छ ।
विश्वकै १० औं स्थानमा पर्न सफल प्याराग्लाइडिङ उडान क्षेत्र सराङकोटमा यहाँ उडान भर्ने ठाउँमा समेत खासै विकास हुन सकेको छैन । कसैको शौखका रुपमा त कसैले व्यवसायिक रुपमा सुरु भएको प्याराग्लाइडिङ यति बेला सबैका लागि चासो जाग्नु स्वाभाविक हो ।
लामो समय देखि यहि पेशामा कार्यरत नेपाली टिमका प्रशिक्षक योगेश भट्टराइले पोखरा बाट हिंडने बेला देखिनै भन्ने गरेका थिए “हामी पदक ल्याउने छौं र इतिहास रच्ने छौं ।” सायद उनमा यति धेरै प्याराग्लाइडिङ प्रतिको मोह नभएका भए सायद उनले यो भन्ने पनि थिएनन होला । हुन पनि यस्तै भयो नेपालले रजत पदक ल्यायो ।
पदक पाएको केही क्षण पछि कुरा गर्दै प्रशिक्षक भट्टराइले यो ऐतिहासिक पदक भएको बताए । “कुनै खेलले पदक नल्याएको निराशापूर्ण समाचार हेरीरहेका थियौ” जर्काता भन्दा २ सय किलोमिटर टाढा रहेका उनले भने “अब राज्यको प्याराग्लाइडिङ खेलको बिकास र प्रवद्र्धनमा आँखा पुग्नेछ ।”
प्रशिक्षक भट्टराइले यो जितको श्रेय सबै नेपालीलाई जाने बताए । उनले खेलाडीको अथक मेहनत, लगनशिलताका कारण पदक आएको बताउँदै भने “हामी यो श्रेय राज्यका सबै निकाय र खेलप्रेमीहरुलाई लाई सर्मपित गर्न चाहन्छौ” उनले भने– “हामी जित्ने भनेरै आएका थियौ जित्यौ तर खेलमा हार जित हुने भएकोले पनि अरु देशका दाँजोमा धेरै राम्रो पर्दशन गर्न सफल भयौ र कसैले नसोचेको कुरालाई पुरा ग¥यौं ।”
यता टिमका म्यानेजर तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउतले शाहसिक खेलकुदका रुपमा स्थापित प्याराग्लाइडिङले २० वर्षको खडेरी समाप्त पारेको बताए । उनले भने “यो जित सबै आम खेलप्रेमीहरु प्रति सर्मपित गर्दै भने यो जितले अव राज्यले खेलकुद नितीमा आमुल परिवर्तन आवश्यक छ भन्ने कुरा देखाएको छ ।” उनले भने “अब राज्यको खेलकुदमा आमूल परिवर्तन संगै खेलकुदलाई पराम्परागत रुपमा हेर्ने नजरमा परिवर्तित गर्दै राज्यको नितीगत तहमा नै शाहसिक खेलकुदको प्रवद्र्धन र सम्वद्र्धन गर्नु पर्ने हुन्छ ।”
एशियाड प्यारागलाइडिङ पुरुष टिम नेपालका लागि नेपाली पाइलट बिशाल थापा, विमल अधिकारी युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतम नायक सावित भए । टिममा रहेका सबैभन्दा कान्छा खेलाडी १६ वर्षिय युकेश गुरुङले पाँचौ दिन सम्मको खेलमा सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्दै सबैभन्दा बढी अंक बटुलेका थिए । हालै मात्र एसइइको परिक्षा उर्तिण गरेका युकेश कक्षा ११ मा अध्ययन गर्दैछन । टिममा अर्का अनुभवी प्रशिक्षक सानुबाबु सुनुवार समेत रहेका थिए ।
नेपालले पाँचौं चरणसम्म चलेको खेलमा ३ हजार ३ सय ६४ अंक जोड्यो । नेपाल भन्दा २७ अंक बढी जोडेकोे जापानले ३ हजार ३ सय ९१ अंक जोड्यो । आयोजक इन्डोनेसियाले तेश्रो स्थानमा चित्त बुझायो । सोही स्पर्धाको महिलामा भने नेपालले छैटौं स्थानमा चित्त बुझायो ।
समग्रमा नेपालले एसियाली खेलकुदमा रजत जितेको यो दोश्रो पटक हो । यसअघि १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाडमा नेपालले रजत जितेको थियो । त्यो रजत व्यक्तिगत स्पर्धामा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन् ।