एसियाड रजत पदक विजेता प्याराग्लाइडिङलाई पश्चिमाञ्चल खेलकुदले भव्य स्वागत तथा सम्मान गर्ने

पोखरा, १३ भदौ ।
१८ औं एशियाडमा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ टिमलाई बधाइ दिन शुरु भएको छ । लामो समय पछि एशियाली खेलकुदमा नेपालले इतिहास रच्दै प्याराग्लाइडिङ क्रस कन्ट्रि टिम इभेन्टमा रजत पदक जिते पछि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले खुसी व्यक्त गरेको छ ।

क्षेत्रिय खेलकुदका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले नेपालका लागि रजत पदक प्राप्त गर्नु गौरबको विषय रहेको भन्दै नेपाली टिमलाई पोखरामा भव्य कार्यक्रमका साथ सम्मान गरिने बताए । “आजको दिन सबै खेलप्रेमीहरुलागी गौरब गर्ने दिन रहेको छ” अध्यक्ष श्रेष्ठले भने । “हामी उहाँहरुलाई भव्य स्वागत तथा सम्मान गर्नेछौ” अध्यक्ष श्रेष्ठले भने 

यसै गरि जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले पनि राज्यको उपेक्षामा रहेको प्याराग्लाइडिङ खेलले एशियाडमा रजत पदक ल्याउनु सबै आम नेपाली खेलप्रेमीका लागि गौरब गर्ने दिनको रुपमा रहेको बताए । उनले अब प्याराग्लाइडिङलाई राज्यले शाहसिक खेलकुदको रुपमा बिकास गर्न योजनावद्ध रुपमा अगाडी बढाउन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close