
पोखरा, १३ भदौ ।
राष्टिय खेलकुद परिषदको ५५ औं स्थापना दिवश मनाउन पोखरा स्थित रंगशालामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रमको कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङले उद्घाटन गरेका थिए ।
रक्तदान कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कर्मचारी, कास्की जिल्ला खेलकुद बिकास समितीका कर्मचारी, खेलाडी, प्रशिक्षक लगाएत २१ जनाले रक्तदान गरेको तेक्वान्दो प्रशिक्षक एवम कार्यक्रमका संयोजक बलराम लामाले बताएका छन ।
यस अघि सोही दिवश मनाउन पोखरा रंगशाला परिसरमा सरसफाई अभियान सम्पन्न गरिएको छ ।
५५ औं बार्षिकोत्सबको अवसरमा कास्की जिल्ला खेलकुद कर्मचारी संघले पोखरामा गण्डकी प्रदेश स्तरीय अन्तर सरकारी कार्यालय संस्थान/कर्मचारी व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।