५५ औं राखेप दिवश मनाउन पोखरा रंगशालामा सरसफाइ

पोखरा, १३ भदौ ।
राष्टिय खेलकुद परिषदको ५५ औं स्थापना दिवश मनाउन पोखरा स्थित रंगशाला परिसरमा सरसफाइ गरिएको छ । भदौ १२ र १३ गते गरि दुइ दिन सम्म चलेको सरसफाई अभियानको शुभारम्भ सामाजिक अभियान्ता राम बहादुर पौडेललले गरेका थिए ।

सरसफाई कार्यक्रमका संयोजक एवम जिल्ला खेलकुद बिकास समिती कास्कीका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार रंगशाला परिसर भित्र रहेको फुटट्रयाकको सम्पूर्ण सफाई गरिएको थियो ।

सरसफाई अभियानमा जिल्ला खेलकुद र पश्चिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कर्मचारी, विभिन्न खेलका प्रशिक्षकहरु, खेलाडीहरु लगाएतले सहभागिता जनाएका थिए । उनीहरुले राखेपको स्थापन दिवश मनाउन आयोजना गरिएको कार्यक्रममा सक्रियतापूर्वक सहभागिता गर्ने निधो समेत गरेका छन ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समिती कास्कीले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सबलाई भव्य रुपमा सम्पन्न गर्न सरसफाई, रक्तदान, दिपावली लगाएतका कार्यक्रमहरु समेत तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close