
केशब पाठक,
पोखरा, ११ भदौ ।
सहारा क्लब पोखराको भातृ संस्था सहारा हङकङले हङकङमा यहि असौज १४ अर्थात सेप्टेम्बर ३० तारिख आइतबारका दिन वृहत हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ । सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीको सहयोग संकलनार्थ उक्त कार्यक्रम आयोजना गर्न लागिएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले बताए ।
सो बारे जानकारी दिन सहारा हङकङले आयोजना गरेको जानकारी सभामा उक्त हाइकिङ कार्यक्रमको प्रमुख अतिथीको रुपमा सञ्चारकर्मी रबी लामिछाने सहभागी हुने भएका छन ।
सो कार्यक्रममा सहारा हङकङका महासचिब कुमार गुरुङले हाइकिङ कार्यक्रम बाट संकलित रकम मध्ये बाट खर्च कटाएर सबै रकम सहारा एकेडेमीलाई प्रदान गरिने बताए । उनले पोखरामा कठिन परिस्थितीमा रहेका बालकहरुका लागि सहारा क्लब द्वारा संचालित एकेडेमीमा सहयोग गर्न सबै पक्षहरुलाई आग्रह समेत गरे ।
सो अबसरमा एनआरएनका हङकङका पूर्व अध्यक्ष एवम सहारा हङकङका प्रमुख सल्लाहाकार दुर्गा गुरुङ (एमडी)ले संचारकर्मी लामिछानेको सहभागिताले यो कार्यक्रमले भव्य सफलता पाउने बताए ।
कार्यक्रममा सहारा हङकङकाका पूर्व प्रमुख सल्लाहाकार तुलसी कुमार गुरुङ, द्वितिय उपाध्यक्ष रेनुका (कृष्ण कुमारी गुरुङ), हङकङ पत्रकार महासंघका अध्यक्ष किशान राइ लगाएतले कार्यक्रम सफलता संगै कार्यक्रममा नेपाली जनमानसको वृहद सहभागिताका लागि आ–आफ्ना धाराणा राखेका थिए ।
हङकङ अबरभेसन ह्विल बाट सुरु हुने हाइकिङ सेन्ट्रल बोइन रोड, पुलिस म्युजिय हुँदै अबदरदिन कन्ट्रि पार्कमा पुगेर सकिनेछ । सहारा हङकङले यो कार्यक्रम लगातार छैटौ वर्ष गर्न लागेको हो ।