ग्लोबल माबी १० औं बुद्धिचाल बिद्यालय बुद्धिचालको च्याम्पियन

पोखरा, ११ भदौ ।
कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा संचालित १० औं कास्की जिल्ला स्तरिय बुद्धिचाल बिद्यालय स्तरिय प्रतियोगिताको ट्रफी ग्लोबल माबीले उचालेको छ । पोखरामा दुइ दिन जारी प्रतियोगितामा १० औं स्थान सम्मका विजेता मध्ये ग्लोबलका ४ जना प्रतियोगीहरुले जितेका थिए । प्रतियोगितामा ओभरअल तर्फ ग्लोवलका अशिम सापकोटा प्रथम, गण्डकीका अभिनव बहादु कोइराला द्वितिय, गोल्डेन नेचरका पवन मल्ल तृतिय भए ।

यसै गरि प्रतियोगितामा ओभरअल तर्फनै कुमुदिनीका अटल बहादुर कोइराला चौथो, शैनिकका पंकज सिंह पाँचौ, ग्लोवलका सतलज सापकोटा छैटौं, ग्लोवलकै निशान खडका सातौं, कुमुदिनीका नविन पोखरेल आठौं, सगरमाथाका कृष्ण पाण्डे नवौ र ग्लोवलकी छात्रा सरिन गुुरुङ दशौं भइन ।

छात्रा तर्फको खेलमा भने ग्लोबलकी सरिन गुरुङ प्रथम, भुमेश्वर मावीकी रोजिन भुजेल द्वितिय र मदरल्याण्डकी रिया बराल तृतिय भएको सचिब कास्की जिल्ला वुद्धिचाल संघका सचिब अनिल बहादुर कोइरालाले जानकारी दिए ।

कास्की जिल्ला वुद्धिचाल संघका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रमुख सल्लाहाकार श्याम सुन्दर ताम्राकार, लेखनाथ अधिकारी, चिफ आरविरेटर महादेब पाहारी लगाएतले विजेता विद्यालय र विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

भदौ १० र ११ गते गरि दुई दिन सम्म चलेको प्रतियोगितामा २४ विद्यालयका १ सय २७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close