एशियाड प्याराग्लाइडिङ तेश्रो दिन : नेपाल खस्किदै चौथो स्थानमा

पोखरा, ११ भदौ ।
इन्डोनेशियामा एशियन गेम्स तर्फको प्याराग्लाइडिङ क्रस कन्ट्रिको तेश्रो दिनको खेल जारी रहेको छ । नेपाल पुरुष टिमले तेश्रो दिन अर्थात सोमबार चौथो स्थानमा झरेको छ । लगातार दुइ दिन सम्म तेश्रो स्थानमा रहेको नेपाललाई झिनो अंकले कोरियाले चौथो स्थानमा पछाडी पारेको हो ।

सोमबार खेल सकिदा सम्म आयोजक इन्डोनेशिया तिन दिनको खेलमा कुल ६३०८ अंकका साथ प्रथम स्थानमा आफूलाई कायमै राखेको छ । यसै गरि जापान ५९६१ अंकका साथ दोश्रो र कोरिया ५८०८ अंकका साथ तेश्रो स्थानमा उक्लिएको छ । नेपालले तिन दिनको खेलमा ५७९३ अंकका साथ चौथो स्थानमा झरेको हो । नेपाल जापान भन्दा १५ अंकले पछि परेको छ ।

नेपाली टिमका म्यानेजर शैलेन्द्र राउतका अनुसार टिमका ५ जना खेलाडी मध्ये दुइ जनाले भने जस्तो अंक बटुल्न सकेनन । नेपाली टिमले आजको खेलमा कुल २८४४ अंक जोडेको छ । जसमा पाइलट यूकेश गुरुङले ८९१, टिम क्याप्टेन बिमल अधिकारीले ८६५, बिशाल थापाले ८४२, बिजय गौतमले २४६ र शुसिल गुरुङले १७२ अंक मात्रै बटुले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close