बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल मंगलबार

पोखरा, ११ भदौ ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा “१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” मा सोमबार सेमीफाइनलका खेल जारी रहेका छन । फाइनल खेल भने मंगलबार हुने आयोजकले जनाएको छ ।

सोमबार सम्पन्न कक्षा ११–१२ तर्फको छात्र सिंगल्सको सेमीफाइनलमा गण्डकीका बिधान अधिकारीले स्टेप बाइ स्टेपका सुदिप भण्डारीलाई २१–९, २१–६ को सेटमा पराजित गरे भने सगरमाथाका ओम थापाले शैनिकका स्पन्दन श्रेष्ठलाई २१–७, २१–२१ ले पाखा लगाउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।

कक्षा ११ र १२ मावी तर्फ छात्र डवल्स सेमीफाइनलमा रेन्वोका मोहित सेन र खेमराज गुरुङको जोडीले सगरमाथाको ओम थापा र अरुण क्षेत्रीको जोडीलाई १८–२१, २२–२०, र २१–११ ले हराउँदै फाइनलको यात्रा तय गरेको छ । सोही स्पर्धामा गण्डकीका निकेश खडका र विधान अधिकारीको जोडीले ग्लोबलको विशेष बस्नेत र वरुण गुरुङको जाडीलाई २१–१५ र २१–७ को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ ।

यसै गरि कक्षा ११ र १२ माबी तर्फको छात्रा डवल्समा टप्सका आकृती केसी र स्मृती गर्बुजाको जोडीले स्टेप बाइ स्टेपको राधा अर्याल र सम्झना न्यौपाने लाई २१–१५, २१–१५ सोझो सेटमा पराजित गरे भने ग्लोबलकी सुजिता गुरुङ र शलोनी गुरुङले शान्ती निकुञ्जका जिना जलारी र सुकृतीलाई २१–७, ९–२१, २१–१६ ले पराजित गर्दै फाइनलमा पुगेका छन ।

कक्षा ९ र १० माबी तर्फको छात्र डवल्समा प्रगतीका शसांक अधिकारी र ओलिभर गुरुङको जोडीले शैनिकको सौरभ बराल र शौरभ थापाको जोडीलाई २१–१३, १६–२१ र २१–१२ ले पराजित गरे भने उनीहरु संग फाइनलमा शैनिकका पवन गुरुङ र काजी थापा भिड्ने भएका छन । गुरुङ र थापाको जोडीले प्रगतीको आयुष केसी र जिवन श्रेष्ठको जोडीलाई २०–२२, ९–२१ र २१–१६ ले पाखा लगाएको हो ।

प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्र–छात्रा सिंगल्स, माबी तह कक्षा ९–१० सिगल्स डवल्स र कक्षा ११–१२ छात्र सिंगल्सका सेमीफाइनल र फाइनलका खेलहरु सोमबार सम्पन्न हुने कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बर गुरुङले बताए ।

प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्य कास्कीमा नयाँ ब्याडमिन्टन खेलाडीको पहिचान तथा खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्रा–छात्र सिंगल्स, माध्यमिह तह ९ र १० तथा ११ र १२ कक्षा सम्मका छात्रा–छात्र सिंगल्स र डब्बलस्का इभेन्ट्सहरु भइरहेका छन ।
बिजयी प्रतियोगीहरुले मेडल, ट्रफी, प्रमाणपत्रका साथमा आर्कषक पुरुस्कार र प्रोत्साहन स्वरुप स्र्पोट्स साइकल प्रदान गरिने भएको सचिब जोजिजुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close