
पोखरा, ११ भदौ ।
नेवाः पुचः युएईको आयोजनामा प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता २०१८ भव्यता पूर्वक सम्पन्न भएको छ ।दुबईमा सम्पन्न हाल सम्मकै सर्वाधिक पुरुस्कार राशीको फाइनल प्रतियोगितामा नेपाल भलिबल क्लब अबुधाबीले बाग्लुङ्ग सेवा समाज टिम ‘ए’ लाई लगातार सेटमानै पराजित गदैै उपाधी हात पारेको छ । उपाधी संगै बिजेता क्लबले ३ हजार ५ सय दिराम हात पारेको हो । यसै गरि उपबिजेता बागलुङले नगद २ हजार ५ सय दिरामका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगिताको बेष्ट प्लेयर बागलुङ्ग सेवा समाजका बेलु थापाले हात पारे । यसै गरि बेष्ट स्पाइकर नेपाल भलिबल क्लबका झोम थापा र बेष्ट डिफेन्डर नेपाल भलिबल क्लबकै महेन्द्र श्रेष्ठले प्राप्त गरेका थिए ।
प्रतियोगितामा सम्पुर्ण खेलाडीहरु, अफिसियलहरु, अतिथीहरु तथा स्वयंसेवकहरु गरी करिब ४ सय जनालाई आयोजकले नेपाली खानाको निःशुल्क व्यवस्था गरेकोे थियो । नेवार समुदायको गाइजात्रा लगाएत पर्वहरुलाई विदेशमा नेपाली समुदाय बिच मनाउन यो प्रतियोगिता आयोजना गरिएको प्रचार प्रसारका संयोजक राहुल श्रेष्ठले बताए ।
नेपाली चुल्हो, अबुधाबी को मुख्य प्रायोजन रहेको यस प्रतियोगिताको अन्य प्रायोजकहरु हिमाल रेमिट, युएई एक्स्चेन्ज, आइएमई ग्लोबल एक्स्चेन्ज, मेडिक्लिनिक, क्युटलूक ब्युटी पार्लर, आइएमई मनि ट्रान्स्फर, शुभयात्रा ट्राभल्स, नाङ्गलो रेष्टुरेन्ट, काठमाण्डु प्यालेस रेष्टुरेन्ट,टकाडो मेक्सिकन किचन, ट्रान्सफास्ट मनि एक्स्चेन्ज, रानी तथा बार्बिकन जुस, ट्राभहिल ट्राभल्स, कान्तिपुर ट्राभल टुरिज्म, वाटिका क्रिम, स्व.क्रिश्टिना भण्डारी कोष समिति रहेको थिए ।