एशियाड प्याराग्लाइडिङ दोश्रो दिन : नेपाल पुरुष टिम तेश्रो स्थान कायमै

पोखरा, १० भदौ ।
इन्डोनेशियामा प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको दोश्रो दिनको खेल जारी रहेको छ । नेपाल पुरुष टिमले आज चौथो स्थानमा चित्त बुझाएको छ । तर दुइ दिनको स्कोर जोड्दा नेपाल तेश्रो स्थानमा नै कायम रहेको छ ।

नेपाली टिम पाइलटहरुले आइतबार कुल ६९४ अंक मात्रै स्कोर गरेका छन । हिजो नेपाली टिमले पहिलो दिन २२५५ स्कोरका साथ तेश्रो स्थानमानै रहेको थियो । यो दुइ दिनको स्कोर जोड्दा नेपालले कुल २९४९ पोइन्टका साथ तेश्रो स्थानलाइ कायमै राखेको हो ।

नेपाल भन्दा अघि आयोजक इन्डोनेशिया ३८१६ का साथ प्रथम, ३१८९ का साथ कोरिया दोश्रो स्थानमा कायमै रहेका छन । आज इन्डोनेशियाले खेल सकिदा सम्म ९०१ र कोरियाले ६८९ अंक मात्रै वटुल्न सके । हिजो पनि यि दुवै देश नेपाल भन्दा अगाडी नै थिए ।

“नेपाली पाइलटहरुले आज खराब मौसमका बावजुद पनि राम्रो प्रर्दशन गरेका छन” नेपाली टिमका मयानेजर शैलेन्द्र राउतले भने–“आज कुनै पनि देशले टास्क पुरा गर्न सकेनन यहाँको मौसम त्यती राम्रो थिएन ।”

अझै पनि तिन दिनको खेल बाकी रहेको तत्कालै केही भन्न नसकिने टिम प्रशिक्षक योगेश भट्टराइले बताए । “हामी खाली हात फर्कने मनस्थितीमा छैनौ अरु तिन दिनको मौसमको अवस्था यस्तै हुने हो भने केही भन्न सकिन्न” प्रशिक्षक भट्टराइले भने ।

नेपालका तर्फ बाट क्रस कन्ट्रिमा पाइलटहरु युकेश गुरुङ, शुसिल गुरुङ, बिजय गौतम, विमल अधिकारी र विशाल थापाको टिमले प्रतिष्पर्धा गरिरहेका छन । तर अर्को तर्फ नेपाली महिला टिमले भने भने जस्तो गर्न सकेन । नेपाली महिला टिम हिजो चौथो स्थानमा थियो भने आज एक स्थान तल झर्दै पाँचौ स्थानमा आएको छ ।
फायल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close