पोखरामा बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिताको जारी

पोखरा, ७ भदौ ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा “१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” को दोश्रो दिनको खेलहरु जारी रहेका छन ।

आइतबार सम्पन्न आधारभुततह स्तरिय प्रतियोगिताको छात्र सिङल्समा प्रगतीका शसांक अधिकारी, आयुष थापा, सुमित सुनार, धिरज बिक र सौरभ खडकाले आ–आफ्ना खेल जितेका छन । यसै गरि सोही स्पर्धामा पोखरा एकेडेमीका जेन तामाङले शैनिकका दिपेन खत्रीलाई पराजित गरे ।

आधारभुत तह स्तरिय प्रतियोगिताको छात्र सिङल्समानै शैनिकका स्मारक भण्डारी, शौरभ थापा, अनमोल वोगोटी र शौरभ बरालले जित दर्ता गराउँदै दौश्रो चरणमा प्रवेश गरेका छन । सोही प्रतियोगितामा एसओएसका कर्मा सनम, ज्योती कुञ्जका टिका गुरुङले पनि जित दर्ता गराए ।

यसै गरि आधारभुत तह स्तरिय प्रतियोगिताको छात्रा सिङल्समा प्रगतीकी निरजना खडका, विद्या अधिकारी, साम गुरुङ, पोखरा एकेडेमीकी नमुना खडका, टप्सकी यमी गुरुङ र रिया गुरुङ पनि दोश्रो चरणमा प्रवेश गरेका छन ।

यसै गरि मावीतह छात्रा सिङल्समा टप्सकी प्रजिता अधिकारीले ग्लोवलकी सदिक्षा तिमिल्सिनालाई, पोखरा लर्नसकी सदिक्षा आचार्यले प्रगतीकी कृती पोखरेललाई, टप्सकी अलिशा बलालले प्रगतीकी विनिता बास्तोलालाई र प्रगतीकी शितल केसीले स्टेप वाई स्टेपकी सन्ध्या बशौलाललाई पराजित गरे ।

माबी तह कक्षा ११ र १२ छात्र सिङल्समा गण्डकीका बिधान अधिकारी र निकेश खडका, सगरमाथाका अरुण क्षेत्री र ओम थापा स्टेप बाइ स्टेपका सुदिप भण्डारी, शैनिकका स्पन्दन श्रेष्ठ र प्रतिभाका श्रीषक अधिकारीले आ–आफ्ना खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका छन ।

प्रतियोगितामा ११ र १२ छात्र तर्फको डव्लस इभेन्ट्समा गण्डकीका निकेश खडका र बिधान अधिकारीको जोडी, रेन्वोको मोहित शेन र खेम गुरुङको जोडी, ग्लोबलको विशेष बस्नेत र बरुण गुरुङको जोडी र सगरमाथाको ओम थापा र अरुण क्षेत्रीको जोडी पनि दोश्रो चरणमा प्रवेश गरेको छ ।

यसै गरि कक्षा ९ र १० को छात्रा डवल्समा टप्सकी प्रजिता गुरुङ र अलिशा बलालको जोडी, प्रगतीकी कृती पोखरेल र विनिता बास्तोलको जोडी, पोखरा एकेडेमीकी नमुना खडका र सविना गुरुङको जोडी र प्रगतीकै शितल केसी र निरझरा खडकाको जोडीले आ–आफ्ना खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका छन ।

कास्की जिल्ला व्याडमिन्टन संघका सचिब दुर्गा प्रसाद जोजिजुका अनुसार भदौ १२ गते सम्म पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा संचालन हुने प्रतियोगितामा २४ विद्यालयका छात्र–छात्रा गरि २ सय जनाको ३ जनाको सहभागिता रहेको छ ।

प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्य कास्कीमा नयाँ ब्याडमिन्टन खेलाडीको पहिचान तथा खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्रा–छात्र सिंगल्स, माध्यमिह तह ९ र १० तथा ११ र १२ कक्षा सम्मका छात्रा–छात्र सिंगल्स र डब्बलस्का इभेन्ट्सहरु भइरहेका छन । बिजयी प्रतियोगीहरुले मेडल, ट्रफी, प्रमाणपत्रका साथमा आर्कषक पुरुस्कार र प्रोत्साहन स्वरुप स्र्पोट्स साइकल प्रदान गरिने भएको सचिब जोजिजुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close