१८ औं एशियाली खेलकुदः साँतौ दिन पनि नेपालको पराजयको यात्रा जारी

पोखरा, ९ भदौ ।
इन्डोनेशियाको राजधानी जाकार्तामा १८ औै एशियाली खेलकुद अन्र्तगत शनिवार सम्पन्न व्याडमिन्टन, आर्चरी, बक्सिङ, कराते लगाएतकासबै खेलमा पराजित भएको छ । यो प्रर्दशनले नेपालको नाजुक स्थितीको वर्णन गरिरहेको छ ।

नेपालले आश गरेको मार्शल आर्ट्स विद्याको करातेमा काता तर्फ पुरुषमा पर्शुराम बास्तोला र महिला खेलाडी चन्चला दुनुवार दुवै जना पराजित भएका छन ।

व्याडमिन्टनः नङशल पराजित
इन्डोनेसियमा भइरहेको १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ शनिबार पराजित भएकी छन् ।

प्रिक्वाटरफाइनलमा नङशल जापानकी अकाने यामागुचीसंग २१–७ र २१–१२ को सोझो सेटमा पराजित भइन् । पुरुष डबल्सको प्रिक्वाटरफाइनलमा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी मलेसियाका जोडीसंग २१–९ र २१–१२ को सोझो सेटमा हारे । उक्त खेलसंगै ब्याडमिन्टनमा नेपालको चुनौती समाप्त भएको छ ।

आर्चरी : रिकर्भ टिममा पराजय
आर्चरीको रिकर्भ पुरुष टिममा नेपाल ताइपेइसंग ६–० ले पराजित भएसंगै आर्चरीमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए । त्यसअघि नेपाली टिमले कतारलाई ६–० ले हराएको थियो ।

बक्सिङ : तीन खेलाडी पराजित
बक्सिङको दोश्रो दिन ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पहिलो खेलमा हार व्यहोरे । पुरुष ४९ केजीमा नेपालका तेजबहादुर देउजा लाओसका खेलाडीसंग ३–१ तथा नेपालका भुपेन्द्र थापा जोर्डनका खेलाडीसंग ४–० ले पछि परे । महिला ६० केजीमा चीनकी खेलाडीले नेपालकी पुनम रावललाई ५–० ले निराश पारिन् ।

करातेमा पनि हार
करातेको पुरुष एकल कातामा नेपालका पर्शुराम बाँस्तोला पराजित भएका छन् । उनलाई कतारका अधम हसेलले ५–० ले पराजित गरे ।

सोही स्पर्धाको महिलामा नेपालकी चन्चला दनुवार पनि कांस्य पदकको रिपाजे भिडन्तमा थाइल्यान्डकी मोन्सिचा तारारात्तानकुलसंग ५–० ले पराजित भइन् । त्यसअघि क्वाटरफाइनलमा चन्चला मकाउ चीनकी लाम्सोइ साउसंग ५–० ले पराजित भएकी थिइन् । अर्को रिपाचे बाउटमा भने चन्चलाले कोरियाकी उइ जि काङलाई ३–२ ले पन्छाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close