
पोखरा, ९ भदौ ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा “१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” पोखरामा शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रि बिकाश लम्सालले व्याडमिन्टन संघले निरन्तर रुपमा व्याडमिन्टन खेलको बिकासका लागि स¥हाना गर्दै प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध रहेको बताए ।
कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बर सिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कुमुदिनस् होम्समा संस्थापक प्रिन्सिपल अशोक पालिखे, व्याडमिन्टन संघका केन्द्रिय सदस्य यदुनाथ अधिकारी, राखेपका पूर्व सदस्य जयराम हमाल लगाएतले बोलेका थिए ।
प्रतियोगितामा २४ विद्यालयका २ सय ३ जना छात्र–छात्राहरुको सहभागिता रहेको कास्की जिल्ला ब्याडमिन्टन संघका सचिब दुर्गा जोजिजुले बताए ।
व्याडमिन्टन संघलाई हङकङ बाट १६ लाख
कास्की जिल्ला व्याडमिनटन संघको पहलमा रंगशाला भित्र निर्माण भइरहेको अन्तिर्राष्ट्रिय स्तरको ब्याडमिन्टन कभर्डहलका लागि हङकङ बाट १६ लाख ३३ हजार ९ सय ९२ रुपैंयाँ प्राप्त भएको छ ।
“१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५”को अवसरमा सो रकम हङकङ नेपाल ब्याडमिन्टन एशोसियशनका सदस्य दुर्गा बहादुर गुरुङले अध्यक्ष डम्वर गुरुङलाई हस्तान्तरण गरेका थिए ।
उक्त रकम हङकङ नेपाल ब्याडमिन्टन एशोसियशनको पहलमा संकलन गरिएको हो । कास्की जिल्ला व्याडमिन्टन संघले करिब ३ करोड ५० लाख लागतमा अन्तिर्राष्ट्रिय स्तरको ब्याडमिन्टन कभर्डहल निर्माण गरिदैं छ ।