
पोखरा, ९ भदौ ।
कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा दशौं बुद्धिचाल विद्यालय स्तरिय प्रतियोगिता पोखरामा शुरु भएको छ । भदौ ११ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा २७ बिद्यालयका १ सय २७ जनाको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य बाबुराम पन्तले बुद्धिचाल खेलले जिवनमा धैर्यता, अनुशासन र खेल भावना गरि तिनवटा नयाँ गुणहरु सिकाउने बताए ।
सो अवसरमा कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्वर सिंह गुरुङ, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, कास्की जिल्ला व्याडमिन्टन संघका सचिब नविन शाही, माधब पाहारी लगाएतले बोलेका थिए ।
उद्घाटन कार्यक्रम कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष कर्ण गुरुङको अध्यक्षतामा भएको थियो । उक्त प्रतियोगिताको मुख्य प्रायोजन पोखरा स्थित गुरुङ स्टोन हाउसले गरेको छ । प्रतियोगितामा बिजयी बिद्यालय र विद्यार्थीहरुलाई रनिङ्ग शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।