गृहमन्त्री बादल द्वारा एशियाड स्केटबोर्ड खेलाडीलाई बिदाई

काठमाडौँ ९, भदौ ।
१८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तरगत इन्डोनेसिया को पालेम्बांगमा अगस्त २८ देखि सुरुहुने फ्री स्टइल स्केटबोर्ड अन्तर्गत नेपाली खेलाडी नेरिश थापालाइ गृह मन्त्री राम बहादुर थापा (बादल) ले बिदाई गरेका छन ।

नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघले आयोजना गरेको बिदाई कार्यक्रममा खेलाडी नेरिश थापा लाइ बिदाई गर्दै मन्त्री थापाले नेपालको हालसम्म कुनै खेल बाट पदक प्राप्त नगरिरहेको अबस्थालाइ चिर्दै स्केटबोर्ड खेलबाट पदक ल्याई देशको नाम बिश्व सामु चिनाउन आग्रह गरे ।

स्केट बोर्ड खेल नेपालका लागि नयाँ भए पनि यो खेल बाट पदक आउनेमा आफू आशावादी रहेको गृह मन्त्रि थापाले बताए । मन्त्री थापाले स्केटिङ्ग खेलको बिकाश विस्तारका लागि सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धत्ता समेत व्यक्त गरे ।

बिदाई कार्यक्रममा संघका अध्यक्ष अच्युत खनालले खेलाडी थापाले एशियन गेम बाट अप्रत्याशित नतिजा ल्याउने बिश्वास व्यक्त गरे । बिदाइ कार्यक्रममा नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका पदाधिकारीहरु, सल्लाहकारहरु तथा सदस्यहरुको  उलेख्य उपस्थिति रहेको थियो ।

हङकङमा जन्मिएर उतै हुर्किएका नेरिश एशियाडमा हङकङ बाट समेत छनौटमा परेका थिए । तर उनी सङ रहेको नेपाली पासपोर्टका कारण उनी हङकङ बाट सकभागी हुन पाएनन । अन्ततः उनलाई एशियाडमा नेपाल बाट प्रतिनिधित्व गर्न नेपाल स्केटिङ्ग तथा स्केट वोर्डिङ संघले पहल गरेको हो ।

हङकङ लगाएत बिकसित मुलुकमा धेरै युवाहरुको रुची रहेको स्केटबोर्डमा हङकङ बाट समेत एशियाडमा छनौट हुनु गौरवको विषय नै हो । सोही कारणले पनि यो खेलमा नेरिशले नेपालका लागि पदक पाउने सम्भावना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close