एशियाड प्याराग्लाइडिङः नेपालको सुखद सुरुवात पुरुष तेश्रो महिला चौथो

पोखरा, ९ भदौ ।
१८ औं एशियाली खेलकुद तर्फको प्याराग्लाइडिङ क्रस कन्ट्रि (एक्सी) मा नेपालले पहिलो दिन पहिलो राउण्डको खेलमा सुखद सुरुवात गरेको छ । नेपालले पहिलो राउण्डको खेल सकिदा सम्म पुरुष तर्फ तेश्रो स्थानमा उभिएको छ । आजको पहिलो खेलमा आयोजक इन्डोनेशिया २९७० अंकका साथ पहिलो, कोरिया २५०० अंकका साथ दोश्रो र नेपाल २२५५ अंकका साथ तेश्रो स्थानमा छ ।

नेपालका तर्फ बाट क्रस कन्ट्रिमा पाइलटहरु युकेश गुरुङ, शुसिल गुरुङ, बिजय गौतम, विमल अधिकारी र विशाल थापा टिममा रहेका छन ।

यसै गरि नेपाली महिला टिमले पहिलो दिनको खेल सकिदा सम्म २८५ अंकका साथ चौथो स्थानमा रहेको छ । यो स्पर्धामा कोरिया १०३६ अंकका साथ प्रथम, ६४४ अंकका साथ जापान दोश्रो र ४७९ अंक बटुल्दै आयोजक इन्डोनेशिया तेश्रो स्थानमा छ । यो स्पर्धामा नेपाली महिला पाइलट तृषा श्रेष्ठ वमजन, प्रतिभा भुजेल र सविता तामाङ सहभागी रहेका छन ।

आज नेपालको प्रर्दशन त्यती राम्रो हुन नसकेको नेपाली टिम म्यानेजर शैलेन्द्र राउतले बताए । “हामीले जती राम्रो गर्नु पर्ने हो त्यती हुन सकेन यद्यपी ४ दिनको खेल बाकी रहेकोले हामीले इन्डोनेशिया, र कोरियालाई उछिन्नै पर्छ ।”

नेपालले १८ औं एशियाडमा पदक प्राप्त गर्ने एक मात्र खेल प्याराग्लाइडिङ भएकोले पनि सबैको आँखा यस तर्फ परेको हो । एशियाडमा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङ खेल बाट पदक हासिल गरेर नेपाली टिम इतिहास रच्ने दाउमा रहेको प्रशिक्षक योगेश भट्टराइले बताए । यो खेल भदौ १३ गते सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close