२४औं आदर्श कप फुटबल प्रतियोगिता भदौं २० देखि शुरु हुने

पोखरा, ८ भदौ ।
खेलकुदको क्षेत्रबाट आगाडी वढेको आदर्श युवा क्लवले भदौं २० देखि २७ गते सम्म रिद्धि सिद्धि सिमेन्ट २४ औं आदर्श कप गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीक खेल मैदानमा हुन लागेको फुटवल प्रतियोगिताका बारेमा जानकारी दिने उदेस्यले शुक्रवार राखिएको पत्रकार सम्मेलनमा आयोजक सस्था आदर्श युव क्लवका अध्यक्ष लक्ष्य भण्डारीले बताएका हुन् ।

निरन्तरता हाम्रो प्रतिबद्धता, फुटवाल खेलको विकासमा हाम्रो दृढता भन्ने मुुल नाराका २३ औं सस्करण देखि सात वर्षसम्म रोकिएको प्रतियोगितालाई यस वर्ष हरितालीका तिजको अवसर पारेर संचालन गर्न लागिएको हो ।

फुटबल खेलको विकासका लागि क्लबले खेल मैदानको स्तर उन्नती गर्दै ‘ए’ डिभिजन लगाएत उत्कृष्ट क्लवका विच प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागीता रहने छ । जसमा पोखरा ११, एन्फा बाग्लुङ, एन्फा तनहुँ, एन्फा स्याङजा, सशस्त्र एपिएफ क्लव काठमाडौं, विग्रेड ब्वोईज क्लव काठमाडौं र जाउलाखेल युथ क्लव काठमाडौं रहेका छन् ।

प्रतियोगिताका विजयी समुहले तीन लाख शिल्ड, मेडल र प्रमाणपत्र, उप विजेताले दुई लाख शिल्ड मेडल र प्रमाणपत्र लगाएत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगाएतका विधामा समेत नगद १०÷१० हजार सहित पुरस्कृत गरिने भएको छ ।

प्रतियोगिता संचालनका लागि करिव ५० लाख खर्च हुने र खेलबाट बचेको रकमलाई खेलमैदानको स्तर उन्नतीका लागि खर्च गरिने भएको छ ।

यसैविच शुक्रवार नै रिद्धि सिद्धि सिमेन्ट उद्योग र क्लवका विच सम्भौता पत्रमा हस्ताक्षर भएको छ । कम्पनीको तर्फबाट गण्डकी धौलागीरीका प्रमुख पवनराज बराल र क्लवको तर्फबाट लक्ष्य भण्डारीले हस्ताक्षर गरेका छन् । क्लवका सचिव पदम गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष किसान गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close