भदौ ७, पोखरा ।
काठमाण्डौमा जारी एलए कप राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत बिहिबारका खेलहरुमा पोखराबाट सहभागि सम्पूर्ण खेलाडीहरुले जित हाँसिल गरेका छन् ।
बिहिबारको खेलमा गण्डकी बोर्डिङ्ग स्कुलका शास्वत बज्राचार्यले डिएभीका आबिर श्रीवास्तवलाई ४–०, ५–४ ले पराजित गरे । त्यसतै गण्डकी बोर्डिङ्ग स्कुलकै दर्शिल श्रेष्ठले न्यू होराइजनका यमन रानालाई ४–०, ४–० को सहज सेटमा पाखा लगाए । शिशु निकेतनका सिर्जन भट्टराईले आयोजक लिटिल एन्जलसका दिभांसु मिश्रलाई ४–०, ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।
त्यस्तै गल्र्सतर्फको प्रतिस्पर्धामा सेण्ट मेरिजका रोमिका बुद्धाचार्यले न्यू होराइजनका श्रृष्टि थापालाई ४–०, ४–० को सोझो सेटमा पराजित गरिन भने सेण्ट मेरिजकै श्रृष्टिका उदारले न्यू होराइजनका पूर्णीमा कार्कीलाई ४–०, ४–० कै सजिलो सेटमा पराजित गरिन् ।
गल्र्स डबल्सतर्फ सेण्ट मेरिजका श्रृया भट्टराई र रोमिका बुद्धाचार्यको जोडीले एलएका रोजा श्रेष्ठ र जस्मिन तामाङ्गको जोडीलाई ४–१, ४–१ को सोझो सेटमा पराजित गर्दै आफ्नों विजयी यात्रा शुरु गरे ।