१८ औं एशियाडः नेपालको पराजयको यात्रा जारी, तेक्वान्दोमा समेत रित्तो हात

पोखरा, ७ भदौ ।
१८ औं एशियाली खेलकुद इन्डोनेशियाको राजधानी जर्काता र पालेम्वाङमा जारी रहँदा पाँचौ दिन सम्म पनि नेपाल पदक विहिनताको अवस्थालाई कायमै राखेको छ । नेपालले सबैभन्दा वढी आश गरेको तेक्वान्दोमा नेपाल रित्तो हात घर फर्कनु परेको छ ।
नेपालले सहभागिता जनाएका हाल सम्मका खेलमा पदक विहिनता हुनुले खेलकुदको उच्च नेतृत्व माथी प्रश्न खडा भएको छ ।
इन्डोनेशियाको १८ औं खेलकुदमा खेलाडीलाई हौसला दिनु भन्दा पनि पारिवारिक भ्रमण जस्तो बनाइएकोले खेलकुद नेतृत्वमाथी थप असन्तुष्टीका लहरहरु देखा पर्न सुरु भएको छ । घुम्ने फेसबुक र सामाजिक संजालमा फोटो हालेर शुरु भएको नेपाली खेलकुदको नेतृत्वका हरु यति बेला पदक विहिनता संगै उनीहरु पनि एकाएक सामाजिक संजाल बाट समेत हराउन थालेका छन ।

व्याडािन्टन : नङशल प्रिक्वाटरफाइनलमा
इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जीबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन् । महिला सिंगल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसंग २१–७ र २१–५ ले पछि परिन् ।

पुरुष डबल्समा पनि नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१–१२ र २१–७ को सीधा सेटमा हराउदै प्रिक्वाटरफाइनलमा पुगे । सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१९ र २२–२० को सोझो सेटमा पन्छाए ।

मिक्स डबल्समा इन्डोनेसियाका खेलाडीले रत्नजित र नङशलको जोडीलाई २१–१३ र २१–२१–७ तथा हङकङले दीपेश धामी र जेशिका गुरुङको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा पाखा लगाए ।

महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङशलको जोडीलाई २१–७ र २१–५ ले निराश पारे । ब्याडमिन्टनमा नेपालले शुक्रबार ५ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलन : विकास १५ औं स्थानमा
भारोत्तोलनको पुरुष ७७ केजीमा नेपालका विकास श्रेष्ठले १५ औं स्थान हासिल गरेका छन् । २० प्रतिस्पर्धाी सहभागी उक्त स्पर्धामा विकासले स्न्याचमा ११३ केजी र क्लिन एन्ड जर्कमा १३५ केजी गरी जम्मा २४८ केजी भार वहन गरे ।

स्न्याचको पहिलो लिफ्टमा ११३ केजी वजन उठाएका १२ औं सागका रजतधारी विकासले दोश्रो र तेश्रो लिफ्टमा समान ११८ केजी उठाउने प्रयास गरेपनि सफल भएनन् । क्लिन एन्ड जर्कको पहिलो लिफ्टमा विकास १३५ केजी भार वहन गर्न असफल रहे । दोश्रो लिफ्टमा कमलले पहिलो लिफ्टकै जत्ति वजन उचाल्न सफल भएका थिए । तेश्रो लिफ्टमा १३७ केजी उठाउन आएका विकास सफल हुन सकेनन् ।

भारोत्तोलनमा नेपालबाट ४ खेलाडी सहभागी छन् । दुई खेलाडी सन्जु चौधरी र कमलबहादुर अधिकारी राष्ट्रिय कीर्तिमान बनाउन सफल रहे । बाँकी एक खेलाडी तारादेवी पुनले अगष्ट २६ तारिखमा महिला ७५ केजी तौलसमूहमा भाग लिने छिन् ।

पौडी :शिरीष ४० औं
पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा नेपालका शिरीष गुरुङले ४० औं भएका छन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी शिरीषले निर्धारित दूरी ५७.९२ सेकेन्डमा पूरा गरे । उनको नाममा ५७.६९ सेकेन्डको राष्ट्रिय कीर्तिमान ६ । उक्त स्पर्धामा ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा टीसा शाक्य सहभागी ३० मध्ये २६ औं भइन् । टीसाले निर्धारित दूरी तय गर्न ३९.४६ सेकेन्ड समय खर्चिन् ।

शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । शुभम् श्रेष्ठले ५० मिटर ब्रेस्टस्ट्रोक तथा गौरिका सिंह र टीसाले ५० मिटर फ्रिस्टायलमा खेल्नेछन् ।

तेक्वान्दो : नेपाल पदकविहीन
एशियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन बेनको छ । एसियाडमा नेपालले हालसम्म १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।

तेक्वान्दोको अन्तिम दिन दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसंग ३०–२ को फराकिलो अन्तरले चुके । अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसंग ४३–४ को भारी अन्तरले हारिन् ।

पेनकेक सिलात :विवेक पराजित
पेनकेक सिलातमा नेपालका विवेककुमार विकको चुनौती समाप्त भएको छ । विवेक इरानका मोहम्मद राहिमीबलादेजाइसंग ५–० ले पछि परे । पेनकेक सिलातमा नेपालबाट एक मात्र खेलाडीको सहभागिता रहेको छ ।

कबड्डी : नेपाल पराजित
पुरुष कबड्डीमा २० वर्षपछि सहभागी नेपाल पाकिस्तानसंग पराजित भएको छ । समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले नेपाललाई ३८–२० ले हरायो ।

हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ६ राष्ट्र सहभागी यो समूहबाट इरान विजेता र पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट दक्षिण कोरिया विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनलमा पुगे ।

पाँच खेलमा नेपालले ४ मा पराजय भोग्यो भने १ मा जित हात पा¥यो । नेपाल पाकिस्तानसहित आयोजक इन्डोनेसिया, जापान र इरानसंग पराजित भएको थियो । मलेसियालाई भने नेपालले २९–१७ ले हराएको थियो । इन्डोनेसियासहित ४ फरक एसियाडमा सहभागिता जनाएको नेपालले कबड्डीमा मलेसिया विरुद्ध हात पारेको जित अहिलेसम्मकै पहिलो भएको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जनाएका छन् ।

नेपालले १९९० को बेइजिङ, १९९४ को हिरोसिमा र १९९८ को बैंकक एसियाडमा सहभागिता जनाएको थियो ।

प्याराग्लाइडिङ 
प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए ।

सोही स्पर्धाको महिलामा नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४ औं र प्रतिभा भुजेल १५ औं स्थानमा रहे । १० चरणकै यो इभेन्टमा १८ खेलाडीले भाग लिएका थिए । थाइल्यान्डले स्वर्ण, दक्षिण कोरियाले रजत र आयोजक इन्डोनेसियाले कांस्य जिते । शुक्रबारबाट क्रस कन्ट्री स्पर्धाका खेलहरु सुरु हुनेछ ।

स्क्वास : अरहान्त र अमृत पराजित
एशियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये सबै भन्दा पछि समावेश गरिएको स्क्वासको पुरुष सिंगल्समा अरहान्तकेशर सिंह र अमृत थापा मगर पराजित भएका छन् ।

पाकिस्तानका अस्लम तयबले अरहान्तलाई ११–६, ११–५ र ११–५ तथा हङकङका यि लिन होले अमृतलाई ११–१, ११–४ र ११–२ को सोझो सेटमा पराजित गरे ।

स्पोर्ट क्लाइम्बिङ 
पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष स्पिड्सको छनोट चरणबाट नेपाल बाहिरिएको छ । नेपालका पेम्बा शेर्पा र प्रणीलमान श्रेष्ठ २७ खेलाडी सहभागी स्पर्धामा क्रमशः २६ औं र २७ औं भए । शीर्ष १६ मा रहने खेलाडी पहिलो चरणबाट छनोट हुने प्रावधान छ ।

पुरुष कम्बाइन छनोट चरण पनि नेपालले पार गर्न सकेन । पेम्बा २२ औं र प्रणील २१ औं भए । २३ खेलाडी सहभागी यो स्पर्धामा मंगोलिया पुछारमा रह्यो । शुक्रबार नेपालले पुरुष बोल्डरिङको छनोट चरण खेल्नेछ ।

आर्चरी : तिलक प्रिक्वाटरफाइनलमा रोकिए
आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तिलक पुन मगर चीनका खेलाडीसंग प्रिक्वाटरफाइनलमा ६–४ ले पराजित भए । त्यसअघि उनले भुटानका खेलाडीलाई ६–० ले हराएका थिए । सोही स्पर्धामा नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसंग ६–० ले हारे ।

महिला व्यक्तिगत रिकर्भमा नेपालकी ज्ञानु अवाले हङकङकी खेलाडीसंग ६–२ ले पराजित भइन् । नेपालले शुक्रबार मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close