हिउँदे ओलम्पिकलाई लक्षित गर्दै नेपाल ओलम्पिक संग सम्झौता

पोखरा, ७ भदौ ।
नेपाल हिम श्रृखंलाहरुको ढाकिएको भएपनि अहिले सम्म नेपाली यूवाहरु हिमाल चढन बाहेक यसलाई खेलकुदको रुपमा प्रयोग गर्न सकेका छैनन । नेपालमा यो खेलको प्रशस्त समभावना भए पनि राज्यले यसलाई खेलकुदको रुपमा अगाडी बढाउन सकेको छैन । हिउँमा खेलिने खेल र यसमा प्रयोग गरिने सामाग्रीहरुको मंहगो भए संगै कोही पनि अगाडी वढन तयार पनि हुँदैनन । तर नेपाल ओलम्पिक कमिटीले यो खेललाई अगाडी बढाउन नयाँ सोचका साथ अगाडी बढेको छ ।

नेपाली यूवाहरुलाई विदेशमा प्रशिक्षणको व्यवस्था मिलाएर नेपाल ओलम्पिक कमिटीले यो खेललाई नेपालमा पनि अगाडी बढाउने भएको छ । यहि सोच बमोजिम सन २०२० मा आयोजना हुने तेश्रो हिउँदे ओलम्पिकलाई लाई लक्षित गर्दै नेपाली युवाहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउन नेपाल ओलम्पिक कमिटी र हिउँदे खेलको आयोजक संस्था चिल्ड्रेन अफ एशिया इन्टरनेशनल गेम्सका बिच सम्झौता भएको छ ।

इनडोनेशियाको राजधानी जार्कातामा दुइ संस्था बिच भएको सम्झौता बमोजिम नेपाली ४ जना युवाहरुलाई रसियामा प्रशिक्षणको व्यवस्था मिलाइने छ । रसिया स्थित यूज्नो–शाखालिन्स्क भोस्तोक एजुकेशन ट्रेनिङ सेन्टरमा हिउँद नेपाली यूवाहरुलाई क्रस कन्ट्रि स्किइङको व्यवस्था मिलाइने सम्झौतामा उल्लेख छ ।

यसै गरि सम्झौतामा यहि आगामी सन २०१९ फेबु्रअरीमा आयोजना हुने प्रथम हिउँदे खेलमा सहभागिता गराउन पहिलो चरणमा अक्टोबर २०१८ बाट लागु हुने गरि प्रशिक्षणको व्यवस्था गरिने भएको छ । त्यसै गरि जनवरी २०२० मा आयोजना हुने तेश्रो यूथ हिउँदे ओलम्पिकका लागि समेत मार्च सन २०१९ दोश्रो चरणको प्रशिक्षणको व्यवस्था मिलाइने छ ।

प्रशिक्षणमा सहभागीहरुलाई आवश्यक तालिममा प्रयोग हुने सामाग्रीहरु चिल्ड्रेन अफ एशिया इन्टरनेशनलले प्रदान गर्ने छ  भने प्रशिक्षण अवधीमा आवश्यक सम्पूर्ण सुविधाहरु नेपाल ओलम्पिक कमिटी र चिल्ड्रेन अफ एशिया इन्टरनेशनले सहकार्यमा प्रदान गर्नेछन ।

उक्त सम्झौतामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र फ्रष्ट विन्टर चिल्ड्रेन अफ एशिया इन्टरनेशनल स्र्पोट्स गेम्सका महाप्रवन्धक भ्लाडिमिर माक्सीमेभले हस्ताक्षर गरेका हुन । यो सम्झौता संगै नेपाली खेलाडीहरुको उत्पादन र यो खेलका प्रशस्त सम्भावनाहरु उजागर हुने भएका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close