परिषदको बार्षिकोत्सबमा पोखरामा व्याडमिन्टन हुने

पोखरा, ५ भदौ ।
राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सबको अवसरमा कास्की जिल्ला खेलकुद कर्मचारी संघले पोखरामा गण्डकी प्रदेश स्तरीय अन्तर सरकारी कार्यालय संस्थान/कर्मचारी व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समिती कास्कीको तत्वाधानमा यहि भदौ १४ र १५ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको कास्की जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष अरुण दत्तले बताए ।

प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र ५० वर्ष भन्दा माथी भेट्रान्स डबल समावेश गरिएको प्रतियोगिताकी संयोजक कौशिला खत्रीले बताइन । प्रतियोगितामा बिजयी खेलाडीलाई ट्रफीका साथमा प्रमाणपत्र र प्रतियोगितामा प्रथम हुने कार्यालयलाई समेत ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा टिम तथा खेलाडी दर्ताका लागि भदौ १२ गते सम्म म्याद तोकिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समिती कास्कीले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सबलाई भव्य रुपमा सम्पन्न गर्न सरसफाई, रक्तदान, दिपावली लगाएतका कार्यक्रमहरु समेत तय गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका नासु डिबी नेपालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close