
केशब पाठक
पोखरा, ५ भदौ ।
इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद तर्फको प्याराग्लाइडिङ्ग तर्फ नेपालको पदक तर्फ अगाडी बढ्दै छ । नेपालले महिला/पुरुष तर्फको एकल एक्युरेसी र महिला/पुरुष टिम एक्युरेसीमा उत्कृष्ट प्रर्दशनको यात्रालाई जारी राखेको छ ।
नेपालकी एकल महिला एक्युरेसीमा पाँचौ राउण्ड सम्म आइपुग्दा त्रिशा श्रेष्ठ वोमजन १००५ स्कोर गर्दै ११ औं स्थानमा रहेकी छन भने प्रतिभा भुजेल १४७६ अंकका साथ १६ औं स्थानमा रहेकी छन ।
त्यस्तै गरि पुरुष एकल एक्युरेसीमा बिजय गौतम १७२ अंकका साथ १४ औं स्थान र शुसिल गुरुङ ७३६ अंकका साथ २५ औ स्थानमा रहेका छन ।
यता महिला टिम एक्युरेसीमा ५३३२ अंकका साथ नेपाल सातौ स्थानमा छ । यस इभेन्टमा नेपालका तर्फ बाट प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ वमजन र सविता तामाङले नेपालको प्रतिनिधित्व गरिरहेका छन ।
पुरुष टिम एक्युरेसीमा नेपाल ८ औं स्थानमा रहेको छ । नेपालले आज सकिएको चौथो राउण्ड सम्मको खेलमा ३६४७ अंक बटुल्दै ८ औ स्थानमा रहेको हो । यस इभेन्टमा बिमल अधिकारी, बिजय गौतम, शुसिल गुरुङ, युकेश गुरुङ र बिशाल थापाले नेपालको प्रतिनिधित्व गरिरहेका छन ।
नेपाली टिम प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराइले नेपालको खेल सोमबारको जस्तो हुन नसके पनी महिला/पूरुष एकल एक्युरेसी दुबै तर्फ त्रिशा, प्रतिभा, बिजय र शुशिलले अझै ५/५ राउण्ड खेल्न बाँकी रहेको बताए । उनले भने-“बुधबार सम्म सम्भवतः यो इभेन्टमा खेल सकियो भने अन्तिम परिणाम आउन सक्नेछ ।”
तस्बिरः शैलेन्द्र राउत (प्याराग्लाइडिङ टिम म्यानेजर, नेपाल)