कास्कीका जुनियर टेनिस खेलाडी काठमाण्डौ प्रस्थान

पोखरा भदौ ५ गते ।
काठमाण्डौमा शुरु हुन लागेको ११ औं एलए कप अन्तर विद्यालय राष्ट्रिय टेनिस प्रतियोेगितामा भाग लिन कास्कीका आठ जना खेलाडी मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । भाद्र ६ देखि शुरु हुने प्रतियोगितामा उनीहरुले विभिन्न उमेर समुहमा प्रतिस्पर्धा गर्नेछन् ।

काठमाण्डौ गएका खेलाडीहरुमध्ये ९ र १० वर्ष मुनिको ब्वाइज सिंगलमा गण्डकी बोर्डिङ्ग स्कुलका शास्वत बज्राचार्य, सोहि विद्यालयका दर्शिन श्रेष्ठ र शिशु निकेतनका सिर्जन भट्टराई रहेका छन् । त्यस्तै १२ वर्ष मुनिको ब्वाइज सिंगलमा गण्डकी बोर्डिङ्ग स्कुलका नेहालजंग थापा तथा १४ वर्ष मुनिको सिंगलमा समता स्कुलका सौगात खड्काले प्रतिस्पर्धा गर्नेछन् ।

१४ वर्ष मुनिको गल्स सिंगलमा सेण्ट मेरिज स्कुलका श्रृया भट्टराई, रोमिका बुद्धाचार्य र श्रृष्टिका उदास रहेका छन् भने १४ वर्ष मुनिको गल्स डबल्समा श्रृया भट्टराई, रोमिका बुद्धाचार्यको जोडी प्रतिस्पर्धामा उत्रनेछन् । टिम व्यवस्थापकमा प्रदिप खड्का रहेका छन् ।

खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघले एक समारोहका विच विदाई गरेको छ । विदाई समारोहमा संघ कास्कीका सचिव लोक गुरुङ्ग, कोषाध्यक्ष राजु गुरुङ्ग, सदस्य नविन चालिसे, खेलाडी सूर्य भुजेल लगायतले शुभ–कामना सहित विदाई गरे । सोहि समारोहविच संघले हङकङ नेप्लीज टेनिस सोसाइटीका प्राविधिक निर्देशक विकास गुरुङ्गलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close