
पोखरा, ५ भदौ ।
इन्डोनेशियामा जारी १८ औं एशियाडमा तेश्रो दिनको खेलमा पनि निराशा जारी छ । नेपालले आश गरेको खेल मध्ये तेक्वान्दोमा कुनै पदक हात नर्पादा निराशा चुलिएको छ ।
राष्ट्रिय खेलकुद परिषदले अफिसियलका नाममा इन्डोनेशिया पु¥याएकाहरु खेलाडीलाई हौसला दिनुभन्दा पनि घुम्न र मोज मस्तिमा नै विताउने गरेको त्यहाँ पुगेका खेलाडीहरुले बताएका छन ।
खेलाडीहरु कसरी राष्ट्रको गौरव बढाउने भन्ने सोचका साथ लागे पनि पदक विहिनको अवस्थाले राष्ट्रिय खेलकुद परिषदको तयारी यति बेला उदाङ्गो भएको छ ।
पौडी
एशियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टाएलमा ४६ औं स्थान हात पारेका छन् । ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेन्डमा पूरा गरे । ७ खेलाडीले भाग लिएको दोश्रो हिटमा भने शिरीष तेश्रो स्थानमा रहे ।
यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । बिहीबार शिरीषले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि बुधबार गौरिका सिंहले २ सय मिटर फ्रिस्टाएल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्ट स्ट्रोकमा सहभागिता जनाउने छन् ।
तेक्वान्दो
एशियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेश्रो दिन पनि पदकविहीन बनेको छ । एशियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।
तेश्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए ।
महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससंग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेकी थिइन् ।
महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।
भारोत्तोलनमा सञ्जुको राष्ट्रिय किर्तिमान
१८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन् ।
सन्जुले जकार्ताको जेआई एक्स्पो हलमा मंगलबार स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १५८ केजी तौल उचालिन् । तीन महिना अघि उनले काठमाडौंमा अन्तर क्लब प्रतियोगितामा स्यान्चमा ७१ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उचाल्दै १५६ केजी उचालेर किर्तिमान बनाएकी थिइन । यस पटक उनले आफ्नो रेकर्ड सुधार गरेकी हुन् ।
उनले पहिले चरणमा स्न्याचतर्फ ६८ केजी र दोस्रो राउन्डमा ७२ केजी उचालेकी थिइन् । तेस्रो राउन्डमा ७३ केजीको भार उचाल्न सकिनन् । त्यसैगरी क्लिन एन्ड जर्कमा पहिलो राउन्डमा ८२ र दोस्रो राउन्ँडमा ८६ केजी उचालिन् । तेस्रो राउन्डमा ८८ केजी उचाल्ने प्रयास सफल भएन । १२ खेलाडी सहभागी स्पर्धामा सन्जु १२ औं स्थानमा आइन् । फिलिपिन्सकी हिडिल्यन डाएजले समग्रहमा २०७ केजी तौल उचाल्दै स्वर्ण पदक जितिन् । तुर्किमेनिस्थानकी क्रिस्टिना सेर्मेटोभाले समग्रमा २०६ केजी भार बहन गर्दै रजत र थाइल्यान्डकी सुराड्चना काम्बाओले समग्रमा २०१ केजी उचाल्दै तेस्रो स्थान हासिल गरे ।
बास्केटबलमा दोहोरो हार
पुरुष थ्री अन थ्री बास्केटबलमा नेपालले दोहोरो पराजय भोगेको छ । समूह ‘सी’ को लिग खेलमा नेपालले जापानसँग २२–११ र कतारसँग २१–८ ले पराजित भयो ।
जेबीजे बास्केटबल कोर्टमा भएको पहिलो खेलमा नेपालले शुरुमा जापानसँग प्रतिस्पधात्मक खेलेको थियो । नेपालका लागि मविन्द्र भण्डारी र निश्चल महर्जनले ४÷४ अंक जोडे । अजय कुश्वााले १ र आशिम बस्नेतले २ अंकको योगदान दिएका थिए । जापानका लागि योसियुकीले सर्वाधिक ११ अंक जोडेका थिए ।
अर्काे खेलमा कतारले नेपाललाई २१–८ ले हरायो । नेपालका मविन्द्र भण्डारीले ३, निश्चल महर्जनले ४ र अजयले १ अंक जोडे । नेपालको समूहमा जापान, जोर्डन, माल्दिभ्स र कतार रहेका छन् । बास्केटलको महिला थ्री अन थ्री बास्केटबमा नेपालको महिला टिमले चाइनीज ताइपेको सामना गर्दैछ । नेपालको महिला बास्केटबल टिममा एलिना गुरुङ्, श्रेया खड्का, भावना लामा र अनुशा मल्ल रहेका छन् ।