प्रचण्डले गरे टेबल टेनिस खेलाडीलाई विदाई

काठमाडौ, ४ भदौ ।
मित्र राष्ट्र ईन्डोनेशियाको जाकार्तामा १८ औं एशियाली खेलमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियललाई नेपाल कम्यिुनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नै निवास खुमलटारमा बिदाई गरे ।

एशियन प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरुमा पुरुष तर्फ स्याण्टु श्रेष्ठ, दीप साउन र अमरलाल मल्ल, महिला तर्फ नविता श्रेष्ठ, स्वेक्षा नेम्वाङ्ग र रविना महर्जन रहेका छन् । यस्तै टिम प्रशिक्षकमा अनिल घिमिरे र संजीव ढुंङ्गेल तथा टिम ब्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदील शाही रहेका छन् ।

नेपाली टोली बिहिबार जाकार्ता तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close