नेपाली क्योकुशिनले जित्यो थाइल्याण्डमा तीन पदक

काठमाडौ, ४ भदौ ।
मित्र राष्ट्र ईण्डोनेशियामा आयोजना भईरहेको १८ औं एशियन खेलकुदमा नेपाल पदकको खडेरी भईरहेको अवस्थामा नेपाली क्योकुसिनले बैंककमा नेपालका लागि तीन पदक हात पार्न सफल भएको छ ।

अन्तराष्टिय क्योकुशिनकान कराते थाईल्याण्डको आयोजनमा थाईल्याण्ड स्पोर्टस अथोरिटी राजा महाङ्गला राष्ट्रिय रङ्गशालाको कभर्ड हलमा भएको “दोश्रो फुल कन्ट्याक्ट कराते प्रतियोगिता”मा नेपालका क्योकुसिन खेलाडी बिनय सिंहले कुमुते तर्फ खुल्ला तौलमा जापानका मोराहिरो होसखावालाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएको नेपाल ब्राञ्च चिफ कान्छा लाल वाईवाले जानकारी गराएका छन् ।

वाईवाका अनुसार जुनियर ३५ केजी तौलमा दिपेन सापकोटा फाईनलमा थाईल्याण्डका पा हुरुरु तान संग पराजित हुँदै रजतमा खुम्चिए । यस्तै सिनियर तर्फ कबिराज मालीे सेमिफाईनलमा चाईनाका ह्वाङ्गसिङ्गसंग पराजित हुँदै कास्य पदक प्राप्त गर्न सफल भए ।

भाद्र ३ र ४ गते भएको प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली टोली ब्यवस्थापक रमेश तामाङ्गको नेतृत्वमा शनिबार बैंकक प्रस्थान गरेको थियो । टोली प्रशिक्षकमा सदन लामा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close