
पोखरा ३, भदौ ।
प्रथम मिलिजुली व्याडमिन्टन प्रतियोगिताको उपाधि मदन बस्नेत र अजय भण्डारीको जोडीले जितेकाछन ।
पोखरा लामाचौरको नव आर्दश सामुदायिक विकास समाजले लामाचौर तिज महोत्सवको सन्दर्भमा पोखरामा हालै आयोजना गरेको उक्त प्रतियोगितामा बस्नेत र भण्डारीको जोडीले अनिल बस्नेत र डम्मर केसीको जोडीलाई फाईनल खेलमा पराजित गर्दै उपाधि जितेका हुन ।
त्यसै गरी ४५ बर्ष माथि उमेर समुहको भेट्रान्स तर्फको खेलमा मिन गुरुङ र कृष्ण प्रसाद अधिकारीको जोडीले मौदसिंह भण्डारी र यज्ञ बहादुर बस्नेतको जोडीलाई पराजित गर्दै उपाधि जितेका हुन । प्रतियेगितामा १५ टिमको सहभागिता रहेको समाजका कार्यालय सचिव शुसिल थापाले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष सोभामोहन पैडेलले उक्त प्रतियोगिताको उद्घाटन गर्दै समाजले कला संस्कृतिसंगै खेलकुदको क्षेत्रमा समेत विभिन्न प्रतियोगिता आयोजना गरी खेलकुदको विकासमा टेवा पु¥याएको बताए ।
लामाचौरको सुरेथेश्वर शिवालयमा संचालन भएको उक्त प्रतियेगिताले लामाचौरको तिजे महोत्सवको थप प्रचार प्रसारमा टेवा पुग्ने अपेक्षा सहित उक्त प्रतियोगिता आयोजना गरिएको पुर्व अध्यक्ष बुद्घि बहादुर खत्री क्षत्रीले बताए ।
लामाचौरमा हुने उक्त महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिवलमा ७ टिम सहभागि हुने भएको सचिव रेश्मा शेरचन अधिकारीले बताईन । समाजका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा प्रतियोगिता समापन भएको हो । उद्यपि पुरस्कार भने महोत्सवको अवसरमा वितरण गरिने भएको छ । उक्त महोत्सवको तयारी तिव्र पारिएको प्रचार संयोजक धर्ममानसिंह भण्डारीले जनाए ।