पोखरामा बीच भलिबलको फाइनल आइतबार

पोखरा, २ भदौ ।
पोखरामा जारी बीच भलिबल प्रतियोगिताको फाइनल आइतबार हुने भएको छ ।

प्रतियोगिता अन्तरगत आइतबार नै हुने सशस्त्र प्रहरी कालिका गणको एपीएफ बी र पश्चिमाञ्चल भलिबल संघ बीचको सेमीफाइनल विजेता र एपीएफ ए र कास्की जिल्ला भलिबल संघबीचको सेमीफाइनल विजेता फाइनल भिड्नेछन ।

शनिबार भएको प्रतियोगिताको क्वार्टरफाइनल खेलमा सशस्त्र कालिका गण एपीएफ एले मादि गाउँपालिकालाई २१–१६ र २१–१८ को सोझो सेटमा हराउँदै सेमीफाइनल पुगेको हो । उता, पश्चिमाञ्चल भलिबल संघले भलिबल ट्रेनिङ सेन्टर नदिपुरलाई २१–१५, १५–२१ र १५–८ ले हराउँदै सेमीफाइनल पुगेको हो ।

एपीएफ बीले कास्की जिल्ला भलिबल संघ डीलाई २१–११ र २१–१३ को सोझो सेटमा हराउँदै सेमीफाइनल पुगेको हो । उता, कास्की जिल्ला भलिबल संघ एले कास्की जिल्ला भलिबल संघकै बी टिमलाई १३–२१, २१–१५ र १५–१३ ले हराउँदै सेमीफाइनल यात्रा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close