तेक्वान्दोमा सहभागिता जनाउन बासुदेव बेलारुस प्रस्थान

काठमाडौं, २ भदौ ।
बेलारुसमा हुने १३औँ जुनियर तथा ८औँ भेट्रान्स जुनियर आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालका बासुदेव भट्ट त्यस तर्फ प्रस्थान गरेका छन्

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा आयोजित एक कार्यक्रमका बीच बासुदेवलाई दक्षिण एसियाली आइटिएफ महासंघका उपाध्यक्षसमेत रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बिदाई गरे ।

अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका धमलाले राष्ट्रिय झन्डा र देशको भूमि स्मरण गर्दै उचो मनोबल सहित उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । आगामी १९ देखि २७ अगस्टसम्म बेलारुसको मिनिस्क शहरमा हुने विश्व च्याम्पियनसिपमा बासुदेवले भेट्रान्स तर्फ प्रतिस्पर्धा गर्नेछन् ।

उनले फाइटतर्पm ९२ केजीमूनि नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् । नेपाल आइटिएफ तेक्वान्दो महासंघका कोषाध्यक्षसमेत रहेका बासुदेवले विश्व च्याम्पियनसिपकै दौरान हुने अन्तर्राष्ट्रिय आइटिएफ महासंघको कंग्रेस सहभागिता जनाउनेछन् ।

कार्यक्रममा बासुदेवले नेपालमा आइटिएफको वर्तमान अवस्था र आगामी कार्ययोजना समेत प्रस्तुत गर्नेछन् । बासुदेव नुवाकोट जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close