
पोखरा, १ भदौ ।
पोखरा लर्नस एकेडेमीमा ह्यान्डबल प्रतियोगीता सम्पन्न भएको छ । तहगत तथा सदनात्मक रुपमा आयोजना गरिएको प्रतियोगीतामा आधारभुत तहमा निलो सदन प्रथम, रातो सदन द्वितिय भयो । माध्यमिक तहमा समेत निलो सदन प्रथम स्थान र रातो सदन द्वितिय स्थान हासिल गरेको थियो ।
तिन दिन सम्म चलेको प्रतियोगीतामा कक्षा १ देखि १० सम्मका १६ टिमको सहभागीता रहेको थियो ।
विद्यार्थीलाई शारिरिक तथा मानसिक रुपमा अब्बल बनाउन प्रतियोगीताको आयोजना गरिएको विद्यालयका संस्थापक प्राचार्य विधान गौतमले जनाए । ह्यान्डबलको महत्व विद्यार्थीमाझ बढ्दै गएको उनको भनाइ थियो । विद्यार्थीलाई सहजीकरण ह्यान्डबल संयोजक तथा प्रशिक्षक कृष्ण प्रसाद लम्सालले गरेका थिए ।