एशियाड एथलेटिक्स टोलीलाई बिदाई

काठमाडौं, १ भदौ ।
ईन्डोनेसियमा आयोजना हुने १८ औं एशियाली खेलमा सहभागी हुन जाने नेपाली एथलेटिक्स टोलीलाई काठमाण्डौ जिल्ला एथलेटिक्स संघले शुक्रबार दशरथ रङ्गशालामा बिदाई गरेको छ ।

एशियाली खेलमा एथलेटिक्समा ४ पुरुष र दुइ महिला खेलाडीहरुले सहभागिता जनाउने छन् ।

खेलाडीहरुमा पुरुष तर्फ यम साजन सुनार, गोपी चन्द्र पार्की, कृष्ण बस्नेत र सोम बहादुर कुमाल तथा महिला तर्फ सरस्वती भट्टराई र विश्वरुपा बुढा रहेका छन् ।

टिम ब्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य शान्ति सिंह र प्रशिक्षकमा प्रमुख प्रशिक्षक अमिरी प्रसाद यादव रहेका छन् । एथलेटिक्स भाद्र ९ गते देखि ११ गते सम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close