पोखरा लामाचौरमा तिज मेला सहित  महिला राष्ट्रिय भलिबल हुँदै

पोखरा, ३१ साउन ।
पोखरा लामाचौर स्थित नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा ‘लामाचौर तीज महोत्सव एवम् राष्ट्रिय महिला भलिवल प्रतियोगिता–२०७५’ हुने भएको छ । लामाचौरको ऐतिहासिक पहिचान र विरासतको जीवन्तता दिन तथा नेपाली महिलाहरूको महानपर्व हरितालिका तीजको व्यवस्थित प्रवद्र्धन गर्ने २१ बर्षदेखि यो कार्यक्रम गर्दै आइरहेको संस्थाले जनाएको छ ।

आगामी भाद्र २३ देखि २७ गते पाँच दिनसम्म श्री इन्द्रराज्यलक्ष्मी मा.वि.,लामाचौरको प्राङ्गणमा संचालन गर्न लागिएको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा डिफेन्डिङ्ग च्याम्पियन सशस्त्र प्रहरीबल, शिवम् न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लव, नेपाल आर्मी, जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र, चितवन टाइगर्स र टप्स इङ्गिलिस बोर्डिङ्ग स्कुल पोखरा गरि ७ टिमको सहभागीता रहने कार्यक्रमका संयोजक धर्ममान सिंह भण्डारीले बताए ।

राष्ट्रिय महिला भलिवल प्रतियोगिताको क्रेज बृद्धिसँगै खेलाडी र टिमको प्रोत्साहन स्वरुप नगद पुरस्कार राशीमा समेत वृद्धि गरिएको संस्थाले जनाएको छ । जस अनुसार प्रथम पुरस्कार नगद १ लाख ५ रुपैयाँ, द्वितीय पुरस्कार ६५ हजार ५ रुपैंया, तृतीय पुरस्कार २५ हजार ५ रुपैया र चौथो पुरस्कार १५ हजार ५ रुपैंया रहेको छ । त्यसैगरी अन्तर मा.वि. छात्रा भलिवल प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार १ सय ५ र द्वितीय पुरस्कार १५ हजार १ सय ५ प्रदान गरिने छ ।

त्यसै गरि तीज गीत प्रतियोगिता अन्तर महिला समूह प्रथम पुरस्कार नगद २५ हजार, द्वितीय पुरस्कार १५ हजार तृतीय पुरस्कार १० हजार, सान्त्वना पुरस्कार ५ हजार र प्रत्येक सहभागी समूहलाई २ हजार प्रदान गरिने छ भने अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता प्रथम पुरस्कार नगद २५ हजार, द्वितीय पुरस्कार १५ हजार तृतीय पुरस्कार १० हजार र सान्त्वना तीन समूहलाई प्रति समूह ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

अपाङ्गता भएकाको प्रोत्साहन र समाजको समदृष्टि विकास हेतु पहिलो पटक संस्थाले प्रथम बहिरा नृत्य प्रतियोगिता संचालन गर्ने जनाएको छ । जसमा प्रथम हुनेलाई नगद १० हजार द्वितीय हुनेलाई नगद ७ हजार र सान्त्वना तीन समूहलाई प्रति समूह नगद ३ हजारले पुरस्कृत गरिनेछ ।

त्यसैगरी अन्तर महिला समूह नृत्य प्रतियोगिता प प्रथम हुनेलाई नगद १० हजार द्वितीय हुनेलाई नगद ७ हजार र सान्त्वना तीन समूहलाई प्रति समूह नगद ३ हजारले पुरस्कृत गरिनेछ भने त्यसै गरि खुल्ला युगल नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार द्वितीय हुनेलाई नगद ७ हजार र सान्त्वना तीन समूहलाई प्रति समूह नगद ३ हजारले पुरस्कृत गरिनेछ ।

महोत्सव संचालन अवधिभर कूल खर्च ४० लाख १५ हजार छ सय हुने समाजले जनाएको छ । संयोजक तथा निवर्तमान अध्यक्ष भण्डारीले भने–“संस्थाको योजना मुताविक कार्यक्रम सफल भएमा उल्लेख्य रकम बचत हुने र सो रकमले संस्थाको श्रीवृद्धि, विकास र अन्य मानवीय सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close