काठमाडौंमा शनिवार देखि दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ हुँदै

काठमाडौं, ३० साउन ।
आगामी शनिवार देखि काठमाडौंमा ‘दोस्रो मिष्टर एभरेष्ट नेसनवाइड बडिविल्डिङ च्याम्पियनसीप’ हुने भएको छ । नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा हुने प्रतियोगितामा नेपालभरि बाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने जानकारी बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्षदिनेश अमात्यले दिएका छन ।

शुक्रवार प्रि जजिङ राउण्ड संचालनहुने र शनिवार फाइनल चरणको खेल राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालनहुनेछ । प्रि जजिङ राउण्डको खेल ह्वाइट फिल्ड स्कुलखुशीबुमा संचालनहुनेछ । प्रतियोगितामा मेन्स बडिविल्डिङ र मेन्स फिजिक्स तथा वुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

मेन्स बडिविल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी भन्दा माथीको तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मेन्स फिजिक् तर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरु विच प्रतिस्पर्धा हुनेछ ।

यता महिला फिटनेश तर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दा माथी हाइट भएका खेलाडीहरु विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ओभरअल विजेताले नगद तीन लाख रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न समुहका विजेतालाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी दिए । यसै प्रतियोगिता मार्फत पहिलो पटक नेपालमा आयोजना हुन लागेको मेन्स फिजिक् र वुमेन्स फिटनेस इभेन्टसका विजेता खेलाडीले पनि नगद पुरस्कार पाउने बताइएको छ ।

अनुमानित ३० लाख रुपैया खर्च हुने सो प्रतियोगितामा सहभागीहुन काठमाण्डौ बाहिरबाट आउने खेलाडीलाई दैनिक भत्ताको पनि ब्यवस्था गरिएको आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने वल्र्ड च्याम्पियनसीपमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close