एशियाड नेपाली एथलेटिक्स टोलीको बिदाइ

काठमाडौ, २९ साउन ।
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले मंगलबार बिदाइ गरेको छ ।

अगष्ट २५ र २७ तारिखमा हुने एथलेटिक्समा नेपालबाट ४ पुरुष र २ महिला गरी ६ खेलाडी सहभागी हुनेछन् । पुरुषमा यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की र कृष्ण बस्नेत रहेका छन् । महिलामा विश्वरुपा बुढा र सरस्वती भट्टराई छन् ।

सोही अवसरमा खेलाडीलाई पोशाक खर्च वापत राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकम पनि खेलाडीलाई प्रदान गरिएको थियो ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले खेलाडीलाई जनही १० हजार नगद हस्तान्तरण गरे । खेलाडीलाई ट्रयाकसुट पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close